नेभिगेशन
समाज
राष्ट्रिय स्वतन्त्र पार्टीकाे महाधिवेशन

अधिवेशनका लागि रास्वपाले तोक्यो केन्द्रीय नेताहरुलाई जिल्लागत जिम्मेवारी (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशन केन्द्रित हुने गरी नेताहरुलाई देशभर परिचालन गर्ने भएको छ । वडा, पालिका, जिल्लाको भेला र अधिवेशन गराउने गरी नेताहरुलाई जिल्ला–जिल्लामा जिम्मेवारी दिइएको हा । 

भेला र अधिवेशनको समन्वय गर्ने गरी केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, सांसद, संघीय नेतृत्व मञ्च र विभागमा रहेका नेताहरुलाई जिल्ला तोकिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कसलाई कहाँ खटाइयोः

Ncell
Extreme Energy


असार ७ देखि ९ गतेसम्म चितवनमा पहिलो महाधिवेशन गर्ने निर्णय गरिसकेको रास्वपाले सबै संरचनाको अधिवेशनको मिति तोकेको छ ।

तदर्थ समिति गठन हुन नसकेका वडाको भेला जेठ २ गते गरिएको थियो । वैशाख २० गते अघि तदर्थ समिति बनेका वडाको अधिवेशन जेठ ३ गते गरिएको छ । 
अर्को चरणको वडा अधिवेशन जेठ १६ गतेका लागि तोकिएको छ ।

पालिका भेलाका लागि जेठ ९ गतेको समय तोकिएको छ । पालिका अधिवेशन जेठ १० र १७ गतेका लागि समय निश्चित गरिएको छ । जिल्ला अधिवेशन २३ र २४ गतेको लागि तोकिएको छ । प्रदेश अधिवेशन जेठ २६ गतेबाट सुरु गरेर असार १ गते सक्ने गरी कार्यतालिका बनाइएको छ ।

केन्द्रीय तहबाट खटाइएका प्रतिनिधिहरुलाई कार्यादेश तोकिएको छ । वडा, पालिका, जिल्ला भेला हुन नसकेका स्थानमा केन्द्रीय प्रतिनिधिले समन्वय गरेर भेला बोलाउन सहजीकरण गर्नेछन् । साथै, पार्टी संरचना नबनेको स्थानमा तदर्थ समिति बनाउने र गठन भइसकेका स्थानमा अधिवेशन गराउन समन्वय केन्द्रीय प्रतिनिधिले गर्नेछन् । वडा र पालिकामा ३० प्रतिशत मात्रै अधिवेशन भएपनि उपल्लो तहको अधिवेशन गर्न सकिने गरी रास्वपाले निर्णय गरेको छ ।

प्रतिनिधि छनोट गर्दा अधिकांश सांसदहरुलाई आफ्नै जिल्ला तोकिएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

अविरल वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने र त्यसबाट सम्भावित दुर्घटना तथा क्षति हुनसक्ने जोखिमलाई ध्यानमा राखेर तराई, भित्री मधेस, पहाड तथा हिमाली क्षेत्रका २५ जिल्लामा...
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

निरन्तर वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुङ्गामाटो बगेर आउँदा स्थानीय केसुराम सारुमगर र रामबहादुर उचईका कच्ची घर पहिराले ढलाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।