नेभिगेशन
समाज

वीरगञ्ज महानगरपालिकाले प्रशासकीय अधिकृत कँडेललाई हाजिर गर्न दिएन

काठमाडौँ । सङ्घीय सरकारले खटाएको प्रमुख प्रशासकीय अधिकृतलाई पर्साको वीरगञ्ज महानगरपालिकाले हाजिर गर्नबाट अवरोध गर्दै आएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ फागुन १२ गतेको निर्णयानुसार वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा रेशमलाल कँडेललाई सरुवा गरिएको थियो । तर, वीरगञ्ज महानगरले प्रमुख प्रशासकीय अधिकृत कँडेललाई हाजिर गर्ने वातावरण भने तयार पारेको छैन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विगत १० दिनदेखि प्रमुख प्रशासकीय अधिकृत कँडेल वीरगञ्जमै रहेका छन् । तर उनलाई महानगरपालिकाले हाजिर गर्न भने दिएको छैन । वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले सङ्घीय सरकारले गत फागुन १२ गते प्रमुख प्रशासकीय अधिकृत कँडेलको सरुवा गरेको भए पनि उनले वीरगञ्ज आउन ढिलाइ गरेको आरोप लगाएका छन्।

Ncell
Extreme Energy

“उहाँ सरुवा हुनेबित्तिकै आउन चाहनुभएन्”, महानगर प्रमुख सिंहले भने, “अहिले उहाँ मन्त्रालयले ताकेता गरेपछि मात्रै आउन खोज्नुभएकाले पनि हाजिरी गराउन नखोजेका हौँ । हामीलाई उहाँभन्दा नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइदिएमा राम्रो हुने थियो भन्दै आएका छौँ ।”

प्रमुख प्रशासकीय अधिकृत कँडेलले भने आफू वीरगञ्जमै भए पनि महानगरको कार्यालयमा गएर हाजिरी गर्ने वातावरण नभएको जानकारी दिए। “विगत १० दिनदेखि वीरगञ्जमै बस्दै आएको छु । अहिलेसम्म महानगरमा हाजिर गर्ने वातावरण बनेको छैन । म अहिले पनि हाजिर हुने प्रतीक्षामा जिल्ला प्रशासन कार्यालयमा आएर बसिरहेको छु”, प्रमुख प्रशासकीय अधिकृत कँडेलले भने।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीले अहिलेको सरकारले भन्दा पनि यसअघिको सरकारले प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गरेकाले हाजिर गराउने विषयमा वीरगञ्ज महानगरसँग समन्वय गरिरहेको बताए।

“मन्त्रालय र वीरगञ्ज महानगरबीच समन्वय भइरहेको छ । केही दिनभित्रै अहिले देखिएको समस्या समाधान हुने विश्वास लिएका छौँ”, उनले भने।  महानगर प्रमुख सिंहले प्रमुख प्रशासकीय अधिकृत नहुँदा यहाँको आर्थिक र प्रशासकीय काम रोकिएको दाबी गरे ।

मन्त्रालयले गत वैशाख ४ गते यसअघिका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णसँग रहेको आर्थिक र प्रशासनिक जिम्मेवारी हटाएको थियो । उहाँ महानगरका शिक्षा महाशाखाका १०औँ तहका कर्मचारी हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बिजुलीमा भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति भन्दै भएको प्रचार सही होइनः अर्थमन्त्रीको सचिवालय

बिजुलीमा भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति भन्दै भएको प्रचार सही होइनः अर्थमन्त्रीको सचिवालय

अर्थमन्त्रीका प्रमुख स्वकीय सचिव नवीन ढुंगानाका  अनुसार प्रचारप्रसार गरिएजस्तो अर्थमन्त्रीले उक्त विषयमा छलफल गर्न आइतबार साँझ वा गएको साता कुनै भेटघाट र छलफल गरेका छैनन् ।
ऋण असुलीबाट समस्याग्रस्त ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता

ऋण असुलीबाट समस्याग्रस्त ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ । यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।
राजनीतिक दलको कार्यक्रममा सहभागी हुने सिन्धुलीका ४ शिक्षकलाई कारबाही सिफारिस

राजनीतिक दलको कार्यक्रममा सहभागी हुने सिन्धुलीका ४ शिक्षकलाई कारबाही सिफारिस

शिक्षा विकास तथा समन्वय एकाईले सिन्धुलीका ४ जना शिक्षक कर्मचारीलाई काबाही सिफारिस गरेको हो । ज्ञानकुञ्ज मावी पचरुखीका प्रेम प्रसाद भट्टराई, कुशेश्वर विद्यापिठ दुम्जाका सर्वेश्वर कोइराला, मा.वि.लाप्पनबतासेका अर्जुन...
प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

विधेयक प्रस्तुत गर्दै मन्त्री गौतमले यसअघि राज्य, व्यवस्था तथा सुशासन समितिमा विधेयकमाथि बृहत् छलफल भएको बताइन् । उनले बालबालिकाको अधिकार सर्वोपरी राखेर विधेयक अघि बढाइएको जानकारी गराइन् ।

भर्खरै