नेभिगेशन
समाज

थप ३ सय ४ जना सहकारी पीडितले फिर्ता पाए बचत

काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारीका थप ३ सय ४ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ । 

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको हो । 
समितिका अनुसार आज कृषि सहकारीका ८८ जना र शिव शिखर बहुउद्देश्यीय सहकारीका थप २ सय १६ जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


यस अघि समितिले कान्तिपुर सहकारीका २ सय १५, शिव शिखर बहुउद्देश्यीय सहकारीका १ सय ५६ जना र पशुपति सहकारी ७ जना गरी 
३ सय ७८ जना साना बचतकर्ताको रकम फिर्ता गरेको थियो ।

Ncell
Extreme Energy

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु, पहिलो दिन ३७८ जनाले पाए फिर्ता 

समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको हो । यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ । 

समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताहरूको करिब ४६ अर्ब रुपैयाँ बचत फिर्ता गर्नुपर्ने छ । तीमध्ये अधिकांश साना बचतकर्ता रहेका छन् । 

पाँच लाखभन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र पाँच लाखभन्दा बढी रकम बचतकर्तालाई ठुला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ । कूल ७६ हजारमध्ये पाँच लाखभन्दा बढी बचत गर्ने जम्मा १८ हजार रहेको समितिले जनाएको छ ।

समितिले समस्याग्रस्त सहकारीका ऋणीहरुबाट ऋण असुल गरेर बचतकर्ताको रकम फिर्ता गरीरहेको छ । 
अहिलेसम्म करिब ३० लाख बचत रकम फिर्ता गरिएको छ भने २ करोड बढी ऋण असुली भएको समितिले जनाएको छ । 
१० हजार भन्दा कम बचत भएका बचतकर्ताका रकम फिर्ता भएपछि त्यस भन्दा बढी रकम बचत भएका बचतकर्ताको रकम फिर्ता गर्ने समितिले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रतितोला ९०० ले बढ्यो सुनको मूल्य

प्रतितोला ९०० ले बढ्यो सुनको मूल्य

अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला रु दुई लाख ९६ हजार थियो । यसैगरी, चाँदीको मूल्य प्रतितोला रु १० ले बढेर रु चार हजार ५८० पुगेको छ ।...
पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । सरकारी छाप र लेटरप्याड कीर्ते गरी दुरुपयोग गरेको अभियोगमा प्रहरीमा जाहेरी परेपछि जिल्ला अदालत...
कोइराला निवासका लागि छुट्याइएको २ करोड बजेट फिर्ता लिन डा. शेखरको आग्रह

कोइराला निवासका लागि छुट्याइएको २ करोड बजेट फिर्ता लिन डा. शेखरको आग्रह

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक कोइराला निवासको मर्मत तथा संरक्षणका लागि चालु आर्थिक वर्ष २०८३÷८४ को बजेटमा विनियोजन गरिएको २ करोड रुपैयाँ फिर्ता लिन सरकारसँग...
स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा, उम्मेदवार छान्न ल्यायो कडा नियम

स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा, उम्मेदवार छान्न ल्यायो कडा नियम

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोटको तयारी थालेको छ ।

भर्खरै