नेभिगेशन
समाज

प्रेस काउन्सिल, गोरखापत्र संस्थान र सार्वजनिक सेवा प्रसारणको नेतृत्व छनौटका लागि दरखास्त आह्वान

काठमाडौँ । सरकारले प्रेस काउन्सिल नेपाल, सार्वजनिक सेवा प्रसारण संस्था (पीएसबी) र गोरखापत्र संस्थानका प्रमुख नेतृत्वदायी पदहरूमा दरखास्त आह्वान गरेको छ ।

सूचना तथा सञ्चार मन्त्रालयले बिहीबार जारी गरेको सूचनाअनुसार प्रेस काउन्सिल नेपालको अध्यक्ष, सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष र गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि प्रतिस्पर्धात्मक प्रक्रियाबाट योग्य व्यक्तिको छनोट गर्नआह्वान गरिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो पदका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । आवेदकका लागि मिति २०८३ जेठ १८ गते सोमबार (कार्यालय समयभित्र) समय तोकिएको छ । सो पदहरूमा विगतमा राजनीतिक नियुक्ति भएका व्यक्तिहरूलाई अध्यादेशमार्फत पदमुक्त गरिएपछि नयाँ प्रक्रिया अघि बढाइएको हो ।

Marvel
Extreme Energy

प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम अध्यक्ष पदका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त न्यायाधीश, वरिष्ठ अधिवक्ता वा पत्रकारिता तथा सञ्चार क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तिहरू योग्य मानिन्छन् । अध्यक्षको पदावधि चार वर्षको हुन्छ । यो पदले नेपालमा पत्रकारिताको मर्यादा, नैतिकता र स्वतन्त्रताको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्छ ।

सार्वजनिक सेवा प्रसारण ऐन, २०८१ अनुसार स्नातक तह उत्तीर्ण गरी पत्रकारिता, मानविकी, व्यवस्थापन, सूचना प्रविधि वा प्रसारणसम्बन्धी इन्जिनियरिङ क्षेत्रमा कम्तीमा १५ वर्षको अनुभव भएको व्यक्ति संस्थाको अध्यक्ष बन्न योग्य हुन्छन् ।

यो संस्थाले नेपाल टेलिभिजन र रेडियो नेपाललाई समेट्छ र सार्वजनिक सेवा प्रसारणको नीतिगत तथा कार्यकारी नेतृत्व गर्ने जिम्मेवारी यो पदमा रहन्छ । गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि पिन दरखास्त आह्वान भएको छ ।

गोरखापत्र संस्थान ऐन तथा सम्बन्धित कार्यविधि बमोजिम प्रकाशन–सञ्चार क्षेत्रमा व्यवस्थापकीय अनुभव भएको, तोकिएको शैक्षिक योग्यता र उमेर सीमा ९सामान्यतः ३० वर्ष पूरा भएको तर ६५ वर्ष ननाघेको० पुगेका व्यक्ति योग्य हुन्छन् ।

यो पद संस्थानको दैनिक प्रशासनिक सञ्चालन, समग्र व्यवस्थापन र नीति कार्यान्वयनको नेतृत्व गर्ने महत्वपूर्ण भूमिका हो । मन्त्रालयले सबै पदका लागि प्रतिस्पर्धात्मक छनोट प्रक्रिया अपनाउने जनाएको छ ।

इच्छुक उम्मेदवारले दरखास्त फाराम, आवश्यक योग्यता मापदण्ड, संलग्न गर्नुपर्ने कागजात र विस्तृत सूचना सूचना तथा सञ्चार मन्त्रालयको आधिकारिक वेबसाइटमा उपलब्ध छन् । यी नियुक्तिहरू स्वतन्त्र, निष्पक्ष र व्यावसायिक बनाउन योग्य तथा क्षमतावान् व्यक्तिको छनोट हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

सरकारका अनुसार क्रिकेट रंगशाला पूर्वाधार विकास मन्त्रालयमार्फत निर्माण गरिनेछ । धनगढीस्थित फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ भने आगामी तीन महिनाभित्र बाँकी सबै रंगशालाको निर्माण प्रक्रिया...
लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले जित्यो पहिलोपटक एनपीएल उपाधि

लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले जित्यो पहिलोपटक एनपीएल उपाधि

सुदूरपश्चिमको जितमा ओपनर जर्ज मुन्सेले विस्फोटक ब्याटिङ गरे । उनले ५४ बलमा अविजित १२५ रन बनाए । उनको इनिङ्समा ७ चौका र ११ छक्का समावेश थिए । अर्का...
परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

सो अवसरमा परराष्ट्रमन्त्री खनालले नेपाल भ्रमणमा रहेका जापानी उपमन्त्री फुजीलाई हार्दिक स्वागत गरे । उनले हालै रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि तत्काल राहत तथा सहयोग उपलब्ध गराएको र पुनःनिर्माणका...
एनपीएल फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

एनपीएल फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

लुम्बिनीका लागि दिलिप नाथले सर्वाधिक ३९ रन बनाए । उनले ३० बलमा ३९ रन बनाउँदै अविजित रहे । त्यस्तै कप्तान रोहितकुमार पौडेलले ३१ बलमा ३० रन बनाए ।