नेभिगेशन
समाज

विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु

काठमाडौँ । विभिन्न आठ विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि परेका कूल २१८ उम्मेदवारको आवेदनमाथि छनोट तथा सिफारिस समितिले अध्ययन सुरु गरेको छ ।

उपकुलपति नियुक्तिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा रहेको छनोट तथा सिफारिस समितिले इच्छुक तथा योग्य उम्मेदवारलाई १० दिनभित्र दरखास्त दिन गत वैशाख २५ गते आव्हान गरेको थियो । उक्त सूचना बमोजिम सबैभन्दा बढी त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा ५० जनाले आवेदन दिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयका लागि ३८/३८, सुदूरपश्चिम विश्वविद्यालयका लागि १९, मध्यपश्चिम विश्वविद्यालय  २०, लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि ११, कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि १५, राजर्षि जनक विश्वविद्यालयका लागि २७ जनाले आवेदन दिएका मन्त्रालयले जनाएको छ ।

Ncell
Extreme Energy

आवेदकहरूको कागजात अध्ययन (छानबिन) गरी स्वीकृत उम्मेदवारको सूची प्रकाशन गरेर छनोट प्रक्रिया आरम्भ गर्ने तयारी समितिले गरेको छ । गत वैशाख २४ गते स्वीकृत ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ स्वीकृत भएको थियो ।

नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी भएको सार्वजनिक निकायका पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष अध्यादेशबाट विभिन्न विश्वविद्यालयका पदाधिकारी पदमुक्त भएपछि नयाँ नियुक्तिको प्रक्रिया सुरु भएको हो ।

छनोटका लागि शिक्षामन्त्री सस्मित पोखरेल, शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलसहित सम्बन्धित विश्वविद्यालयका लागि सम्बन्धित विज्ञ रहेको समिति गठन गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ ३ गते विश्वास मत लिने

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ ३ गते विश्वास मत लिने

कांग्रेस बागमती प्रदेश संसदीय दलका सचिव मीनकृष्ण महर्जनले मुख्यमन्त्री बानियाँले आगामी ३ भदौमा विश्वासको मत लिने तयारी गरेको जानकारी दिए । विश्वासको मत लिनुअघि भदौ २ गतेसम्ममा कांग्रेसका...
रास्वपाको ओरालो यात्रा र रवि–बालेनको अयोग्यतालाई आफ्नो पुनरोदयको आधार ठान्नु महाभूल : योगेश भट्टराई

रास्वपाको ओरालो यात्रा र रवि–बालेनको अयोग्यतालाई आफ्नो पुनरोदयको आधार ठान्नु महाभूल : योगेश भट्टराई

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उदय र पछिल्लो राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै पुराना दलका कमजोरी तथा रास्वपाको नेतृत्वको अयोग्यताबीचको राजनीतिक सम्बन्धबारे चर्चा गरेका छन्...
सभापति थापा र पूर्वसभापति देउवा आमनेसामने ?

सभापति थापा र पूर्वसभापति देउवा आमनेसामने ?

नेपाली कांग्रेसको आन्तरिक संघर्ष उत्कर्षमा पुगेको छ । आज एकै दिन संस्थापन र इतर समूह आमने सामने हुँदैछन् ।
देउवा फर्केपछि के भने गगन थापाले ?

देउवा फर्केपछि के भने गगन थापाले ?

देउवाले विशेष महाधिवेशनबाट भएको परिवर्तनलाई स्वीकारेर पार्टी निर्माणमा अभिभावकीय भूमिका खेल्ने अपेक्षा गगन नेतृत्वको संस्थापन पक्षको छ ।