नेभिगेशन
समाज

अध्यागमन विभागद्वारा डिजिटल टाइम कार्ड कार्यान्वयनमा

काठमाडौँ । अध्यागमन विभागले सहज र प्रभावकारी रुपमा सेवा प्रवाह गर्ने उदेश्यका साथ डिजिटल टाइम कार्ड कार्यान्वयनमा ल्याएको छ । बिहीबार बिभागमा आयोजित एक कार्यक्रमकाबीच विभागले डिजिटल टाइम कार्ड शुभारम्भ गरेको हो ।

डिजिटल टाइम कार्ड कार्यान्वयन आएसंगै आवदेनको रियलटाइममा जाँच गर्न सकिने, हरेक चरणको तत्काल सूचना प्राप्त हुने र डिजिटल टाइम कार्डमार्फत नै शुल्क भुक्तानी गर्न सकिने लगाएत फाइदा सेवाग्राहीलाई हुने बिभागले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै कार्यालयतर्फ बिभागमा जिम्मेवारी र जवाफदेहिता थप सुदृढ हुने, तथ्याङ्क–आधारित कार्यसम्पादन मूल्याङ्कनका लागि आधार तयार हुने सेवा प्रवाहमा गति र दक्षता बृद्धिका साथै नागरिक विश्वास र पारदर्शीताको प्रवद्र्धन हुने विश्वास रहेको बिभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए।

Ncell
Extreme Energy

उनले बिभागको कार्यलाई छिटो छरितो बनाउन सवै कामलाई डिजिटल प्रणालीमा रुपान्तरण गरिसकेको बताए। टिकट र भिसा भएका व्यक्तिलाई बिमानस्थलबाट फर्काइने आफ्नै पैसामा पठाउने व्यवस्था समेत आफुले गरेको उनले बताए।

सरकारको शासकीय सुधार सम्बन्धी एकसय कार्यसूचीको बुँदा नंवर २३ मा सम्पूर्ण सार्वजनिक सेवाका प्रक्रियालाई डिजिटल, ट्रयाकिङयोग्य र पारदर्शी बनाउने योजना अनुसार बिभागले काम गरिरहेको महानिर्देशक तिवारीले बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी

धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी

चारकिल्लाअनुसार निषेधाज्ञा लागू हुने क्षेत्रहरूमा उत्तरतर्फ लक्ष्मीनिया हटबजार चोकबाट पश्चिम सिउरजोडा चोक हुँदै पूर्वमा लक्ष्मीपुर बोबासम्म, पूर्वतर्फ बेलौनी रोडस्थित एमक्यु स्टिलबाट ५०० मिटर पूर्वपेट्रोलपम्प हुँदै राष्ट्रिय प्राथमिक विद्यालयसम्म,...
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत्

सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत्

निषेधाज्ञा इटहरी उपमहानगरपालिका–१६ र १७ तथा रामधुनी नगरपालिका–१ र ५ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, इनरुवा नगरपालिका र दुहबी नगरपालिकाको सम्पूर्ण क्षेत्र तथा भोक्राहा नरसिंह, कोशी,...