नेभिगेशन
समाज

मौसमलाई ध्यानमा राखेर योजना बनाउन सांसद बोहराको सरकारलाई आग्रह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दीपकराज बोहराले जल तथा मौसम विज्ञान विभागको सरदरभन्दा कम वर्षा हुने प्रक्षेपणबाट किसानहरु प्रभावित हुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै सांसद बोहराले वर्खाको समयमा सिँचाइको भरपर्दो व्यवस्था नभएका क्षेत्रहरुमा यो समस्या झनै बिकराल बन्न सक्ने भन्दै उक्त चुनौती सम्बोधनका लागि योजना निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

“खेतमा पानी कम हुनेछ, धान रोपाइँ ढिला हुनेछ, कुलो सुक्नेछ, तराईमा लु चल्नेछ, वनमा डढेलो लाग्नेछ, जनताको भान्छामा प्रत्यक्ष असर पर्नेछ”, उनले भने, “नेपालको कृषि आकाशे पानीको भरमा चलिरहेको छ, असार/साउनमा पानी नपरे खेत बाँझै रहनेछ, यसको सिधा असर अर्थतन्त्रमा पर्नेछ, यसतर्फ सरकारको ध्यान जाओस् ।”

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

अविरल वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने र त्यसबाट सम्भावित दुर्घटना तथा क्षति हुनसक्ने जोखिमलाई ध्यानमा राखेर तराई, भित्री मधेस, पहाड तथा हिमाली क्षेत्रका २५ जिल्लामा...
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

निरन्तर वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुङ्गामाटो बगेर आउँदा स्थानीय केसुराम सारुमगर र रामबहादुर उचईका कच्ची घर पहिराले ढलाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।