नेभिगेशन
समाज

नारायणगोपाल चोकदेखि चप्पल कारखानासम्मको सडकखण्ड निर्माण सम्पन्न(तस्बिरहरु)

काठमाडौँ । काठमाडौंको चक्रपथअन्तर्गत नारायणगोपाल चोकदेखि चप्पल कारखानासम्मको सडकखण्ड अहिले चिटिक्क र व्यवस्थित देखिएको छ । ७०० मिटर लामो उक्त सडकखण्डमा विस्तार कार्य सम्पन्न भएसँगै लेन मार्किङ, जेब्रा क्रसिङ तथा सडक रेखांकनको काम पनि सकिएको छ । कालोपत्रे गरिएको चिल्लो सडक, व्यवस्थित लेन र सफा संरचनाले यो खण्डलाई आकर्षक बनाएको छ । महाराजगन्जदेखि धोबीखोला (गोपीकृष्ण)सम्म सडक विस्तार गर्ने योजनाअन्तर्गत विनियोजित बजेटबाट यो खण्ड निर्माण गरिएको हो । चीनले चक्रपथ विस्तारको दोस्रो चरणमा कलंकीदेखि बसुन्धारासम्म मात्र सडक निर्माण गर्ने भएपछि बीचमा पर्ने नारायणगोपाल चोक–चप्पल कारखाना खण्ड नेपाल सरकारले आफ्नै लगानीमा विस्तार गरेको हो । डिभिजन सडक कार्यालय, मीनभवनले २०८१ फागुनमा एम–एस अम्बुजा–काली एसके जेभीसँग २०८२ असारभित्र काम सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । तर निर्माण कार्य निर्धारित समयभन्दा झन्डै एक वर्ष ढिला गरी सम्पन्न भएको हो । यो सडकखण्ड निर्माणका लागि चालु आर्थिक वर्षमा २५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । निर्माण सम्पन्न भएको यो सडकखण्ड चक्रपथको कलंकी–कोटेश्वर खण्डकै मापदण्डअनुसार विस्तार गरिएको छ । उक्त १०.३९ किलोमिटर सडकखण्ड चीन सरकारको सहयोगमा विस्तार गरी २०७५ माघमा नेपाललाई हस्तान्तरण गरिएको थियो । त्यसपछि दोस्रो चरणअन्तर्गत कलंकीदेखि बसुन्धारासम्मको सडक विस्तारका लागि नेपाल र चीनबीच समझदारी भए पनि निर्माण प्रक्रिया अझै पूर्ण रूपमा अघि बढ्न सकेको छैन । हाल चक्रपथ विस्तार आयोजनाअन्तर्गत विभिन्न खण्डमा क्रमिक रूपमा काम भइरहेको छ । सरकारले काठमाडौं उपत्यकाको बढ्दो सवारी चाप व्यवस्थापन गर्ने उद्देश्यसहित चक्रपथलाई आधुनिक र फराकिलो बनाउने योजना अघि बढाएको छ । नारायणगोपाल चोक–चप्पल कारखाना सडकखण्ड सम्पन्न भएसँगै महाराजगन्ज क्षेत्रको ट्राफिक व्यवस्थापनमा समेत सहज हुने अपेक्षा गरिएको छ ।

तस्बिरः सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Ringroad_-760-1779426754.jpg

Ncell
Extreme Energy

Ringroad_-757-1779426753.jpg

Ringroad_-758-1779426753.jpg

Ringroad_-759-1779426753.jpg

Ringroad_-751-1779426750.jpg

Ringroad_-756-1779426752.jpg

Ringroad_-755-1779426752.jpg

Ringroad_-754-1779426752.jpg

Ringroad_-752-1779426751.jpg

Ringroad_-753-1779426751.jpg

Ringroad_-749-1779426750.jpg

Ringroad_-748-1779426750.jpg

Ringroad_-750-1779426750.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
भारी वर्षाको प्रक्षेपणपछि मौसम विभाग पुगेर ऊर्जामन्त्री श्रेष्ठ र गृहमन्त्री गुरुङले के भने ?

भारी वर्षाको प्रक्षेपणपछि मौसम विभाग पुगेर ऊर्जामन्त्री श्रेष्ठ र गृहमन्त्री गुरुङले के भने ?

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले असोज ९ देखि ११ गते पूर्वानुमान गरिएको अति भारी वर्षाबाट उत्पन्न हुनसक्ने विपद्को पूर्वतयारी र पूर्वसूचनामा जुट्न निर्देशन दिएका छन् ।
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि निगरानी र कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि निगरानी र कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएको विषयमा निगरानी बढाउँदै कानुनअनुसार आवश्यक कारबाही गर्न ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन...
न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा बुधबार न्यूयोर्कमा भारतका विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गरेका छन् ।