नेभिगेशन
समाज

पुरातात्विक सम्पदा र प्राचीन स्मारकसम्बन्धी कानुनी सामञ्जस्यता गर्न निर्देशन

काठमाडौँ । महालेखापरीक्षकको कार्यालयले पुरातात्विक सम्पदा र प्राचीन स्मारकसम्बन्धी नीति, कानुन, मापदण्ड र नियमनलगायतका विषयमा कानुनी सामञ्जस्यता गरी निर्माण तथा संरक्षणका कार्य गर्न निर्देशन दिएको छ ।

कार्यालयले सार्वजनिक गरेको ६३औँ प्रतिवेदनमा यस्तो निर्देशन उल्लेख छ । प्राचीन स्मारक संरक्षण ऐन, २०१३ को दफा ३ (घ) मा प्राचीन स्मारक स्थल तथा पुरातात्विकस्थलको संरक्षण पुरातत्व विभागले गर्ने व्यवस्था गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा २ को खण्ड (फ) को क्रम सङ्ख्या (२) र (३) मा पुरातत्व प्राचीन स्मारक तथा सङ्ग्रहालयको संरक्षण सम्भार, प्रवर्द्धन विकास र परम्परागत जात्रा तथा पर्वको सञ्चालन र व्यवस्थापन गर्ने कार्य पालिकाको काम, कर्तव्य र अधिकारअन्तर्गत राखेको छ ।

Ncell
Extreme Energy

मठ मन्दिरलगायतका सम्पदा निर्माण र संरक्षणका लागि स्थानीय तह र विभाग दुवै निकायबाट खर्च भइरहेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

यसो गर्दा योजना छनोट तथा कार्यान्वयनमा दोहोरोपना हुनसक्छ । विभागबाट दुर्गम स्थानमा रहेका सम्पदाको निर्माणको निरीक्षण तथा अनुगमन गर्दा भ्रमण खर्चको लागतसमेत बढ्न जानेतर्फ महालेखापरीक्षकको कार्यालयले ध्यानाकर्षण गराएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
भारी वर्षाको प्रक्षेपणपछि मौसम विभाग पुगेर ऊर्जामन्त्री श्रेष्ठ र गृहमन्त्री गुरुङले के भने ?

भारी वर्षाको प्रक्षेपणपछि मौसम विभाग पुगेर ऊर्जामन्त्री श्रेष्ठ र गृहमन्त्री गुरुङले के भने ?

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले असोज ९ देखि ११ गते पूर्वानुमान गरिएको अति भारी वर्षाबाट उत्पन्न हुनसक्ने विपद्को पूर्वतयारी र पूर्वसूचनामा जुट्न निर्देशन दिएका छन् ।
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि निगरानी र कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि निगरानी र कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएको विषयमा निगरानी बढाउँदै कानुनअनुसार आवश्यक कारबाही गर्न ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन...
न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा बुधबार न्यूयोर्कमा भारतका विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गरेका छन् ।