नेभिगेशन
समाज

आइसीसी विश्वकप क्रिकेट लिग–२: नेपालद्वारा अमेरिकासामु ३१८ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२, अन्तर्गत आज भएको नेपाल र अमेरिकाबीच भएको खेलमा नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभर खेल्दै ८ विकेटको क्षतिमा ३१७ रन जोडेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालका ओपनर कुशल भुर्तेल र आशिफ सेखको जोडीले नेपालका लागि ६९ रनको साझेदारी गरेका थिए । उनीहरुले १२.५ ओभरको मद्दतमा ६९ रन जोडेका हुन् । कुशल भुर्तेल ३९ बलमा ५ चौकाको मद्दतमा २९ रन बनाए । त्यस्तै आशिफ सेखले ५७ बल खेल्दै ६ चौकाको मद्दतमा ४३ रन जोडेका छन् ।

Ncell
Extreme Energy

नेपालका लागि इशान पाण्डे र उपकप्तान दिपेन्द्र सिंह ऐरीले अर्धशतकीय पारी खेलेका छन् । उपकप्तान दिपेन्द्र सिंह ऐरीले ३६ बल खेल्दै ५९ रन जोडेका हुन भने इशान पाण्डेले ८३ बल खेल्दै ८४ रन जोडेका हुन् । त्यस्तै नेपालका कप्तान रोहित पौडेलले ५९ बलमा ४६ रन जोडेका छन्।

त्यस्तै यसअघि पहिलो खेलमा नेपालले अमेरिकालाई पराजित गरेको थियो । अमेरिका आजको खेलमा नेपाललाई पराजित गर्दै प्रतियोगिताको शीर्ष स्थानमा यथावत रहन चाहन्छ । 

नेपाल २२ अङ्कका साथ विश्वकप क्रिकेट लिग–२ को पाँचौ स्थानमा छ । अमेरिका ३८ अङ्कका साथ शीर्ष स्थानमा छ । अमेरिकाविरुद्धको आजको खेलमा नेपालको टोलीमा कप्तान रोहितकुमार पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, इशान पाण्डे, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने र ललितनारायण राजवंशी रहेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

अविरल वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने र त्यसबाट सम्भावित दुर्घटना तथा क्षति हुनसक्ने जोखिमलाई ध्यानमा राखेर तराई, भित्री मधेस, पहाड तथा हिमाली क्षेत्रका २५ जिल्लामा...
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

निरन्तर वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुङ्गामाटो बगेर आउँदा स्थानीय केसुराम सारुमगर र रामबहादुर उचईका कच्ची घर पहिराले ढलाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।