नेभिगेशन
समाज

सार्वजनिक पूर्वाधार निर्माणमा देखिएको समस्या समाधानतर्फ सरकारको ध्यानाकर्षण

काठमाडौँ । संसदीय समितिले मध्यपूर्वमा जारी युद्धका कारणले सार्वजनिक पूर्वाधार निर्माणमा परेको समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार बिकास समितिले मध्यपूर्वमा जारी युद्धका कारणले सार्वजनिक पूर्वाधार निर्माणमा परेको समस्याको तत्काल पहिचान गरि आम नागरिकलाई राहत हुने गरी काम गर्न पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पूर्वाधार निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने निर्माण उद्योगहरूमध्ये पूर्वमा जारी युद्धका कारण समस्यामा परेको देखिएको समिति सभापति आशिष गजुरेलले बताए।

Ncell
Extreme Energy

मूल्यवृद्धिका कारण धेरै निर्माण व्यवसायीले निर्माण कार्य गर्न नसक्ने अवस्थाका कारण देश विकास र राष्ट्रिय अर्थतन्त्रमा गम्भीर असर पर्न सक्ने भएकाले तत्काल समस्या समाधान गर्न सरकारलाई निर्देशन दिइएको सभापति गजुरेलले बताए।

त्यस्तै बैठकले कानूनका जटिलताका कारण सार्वजनिक पूर्वाधार निर्माणमा परेको समस्या समाधान गर्न बिकासमैत्री बनाउन बनाउन समेत सरकारलाई निर्देशन दिएको उनले जानकारी दिए।

बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माण व्यवसायीले उठाएका समस्या समाधान गर्न सरकार तयार रहेको बताए। व्यवसायीहरूले आफ्नै कार्ययोजना बनाएर जिम्मेवार ढङ्गले काम अघि बढाउनुपर्ने भन्दै उनले पनि व्यवसायीका समस्याप्रति सरकार गम्भीर रहेको बताए।

मूल्य समायोजन र म्याद थपसम्बन्धी विषय राष्ट्र बैंकको सूचकाङ्कका आधारमा अध्ययन भइरहेको उनले बताए। त्यस्तै ऊर्जामन्त्री विराज भक्त श्रेष्ठले कानूनी जटिलताका कारण बिकास निर्माणका परेको असरलाई समाधान गर्न कानून परिमार्जन गर्ने धारणा राखे।

त्यस्तै बैठकमा नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष निकोलस पाण्डेले अत्यधिक मूल्य वृद्धिका कारण मुलुकको निर्माण क्षेत्र गम्भीर संकटमा परेको र व्यवसायीहरु काम गर्न नसक्ने अवस्थामा पुगेको बताए।

निर्माण क्षेत्रमा देखिएको समस्या समाधान हुन नसके समग्र अर्थतन्त्रमा नै असर पर्न सक्ने देखिएको उनको भनाइ छ । बैठकमा सांसदहरुले मध्यपूर्वमा जारी युद्धका कारणले सार्वजनिक पूर्वाधार निर्माणमा परेको असरलाई समाधान गर्दैै बिकास निर्माण कार्यलाई अघि बढाउने वातावरण बनाउन सरकारलाई सुझाव दिएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

अविरल वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने र त्यसबाट सम्भावित दुर्घटना तथा क्षति हुनसक्ने जोखिमलाई ध्यानमा राखेर तराई, भित्री मधेस, पहाड तथा हिमाली क्षेत्रका २५ जिल्लामा...
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

निरन्तर वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुङ्गामाटो बगेर आउँदा स्थानीय केसुराम सारुमगर र रामबहादुर उचईका कच्ची घर पहिराले ढलाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।