नेभिगेशन
समाज

बकर इदसँगै अर्को साता लगातार चार दिन सार्वजनिक बिदा

काठमाडाैँ । सरकारले इस्लाम धर्मावलम्बीको पर्व बकर इद (इद-उल-अज्हा) अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। 

गृह मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी आउँदो जेठ १४ गते बिहीबार बक इदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गृहका प्रवक्ता आनन्द काफ्ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मुस्लिम आयोगबाट मिति २०८३ जेठ १४ गते बिहीबारका दिन बकर इद परेको बेहोरा जानकारी प्राप्त हुन आएको हुँदा मिति २०८३ जेठ १४ गते सार्वजनिक बिदा हुने भएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।’

Ncell
Extreme Energy

गृहले बकर इदको अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीलाई शुझकामना पनि दिएको छ। 

बकर इदमा सार्वजनिक बिदा भएसँगै अर्को साता लगातार चार दिन सार्वजनिक बिदा पर्ने भएको छ। जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा सार्वजनिक बिदा हुँदै आएको छ। 

त्यसको भोलिपल्ट जेठ १६ गते शनिबार र जेठ १७ गते आइतबार साप्ताहिक बिदा नै रहेको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

अविरल वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने र त्यसबाट सम्भावित दुर्घटना तथा क्षति हुनसक्ने जोखिमलाई ध्यानमा राखेर तराई, भित्री मधेस, पहाड तथा हिमाली क्षेत्रका २५ जिल्लामा...
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

निरन्तर वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुङ्गामाटो बगेर आउँदा स्थानीय केसुराम सारुमगर र रामबहादुर उचईका कच्ची घर पहिराले ढलाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।