नेभिगेशन
समाज

हाम्रो अर्थतन्त्रको अवस्था निदाउँदा पनि ऋण लिनुपर्नेमा छौँ: अर्थमन्त्री वाग्ले

काठमाडौँ । नेपालको वर्तमान आर्थिक अवस्था हेर्दा नेपाली जनताले निदाउनकै लागि पनि ऋण लिनु पर्ने भएको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताएका छन्।

सरकारले हालै लग्न लागेको वैदेशिक ऋणका विषयमा संशय फैलाएको विषयमा तर्क गर्दै अर्थमन्त्री वाग्ले नेपाली जनताले निदाउदा पनि ऋण लिनुपर्ने अवस्थामा रहेको बताएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सार्वजनिक ऋणका बिषयमा सांसदहरुले उठाएका प्रश्नमा मन्त्री वाग्लले वर्तमान सरकारले सीमा भन्दा बाहिर गएर दातृ निकायसंग ऋण नलिएको स्पष्ट पारेका हुन्। उत्पादनमुखी क्षेत्रमा आन्तरिक तथा वैदेशिक ऋणको उपयोग गरिएमा सकारात्मक आर्थिक वृद्धि हुने सरकारको विश्वास रहेको उनले बताए।

Ncell
Extreme Energy

मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन लक्ष्यका साथ आगामी आर्थिक बर्षको बजेट आउने बताएका छन्। सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा अर्थमन्त्री वाग्लेले अर्थतन्त्रको आकार ठूलो बनाउने सरकारको लक्ष्य भएकाले यसपटकको नीति तथा कार्यक्रम, सिद्धान्त तथा प्राथमिकता र बजेट त्यसतर्फ सोझिएको बताएका हुन्।

उनले आर्थिक सुधारका कामहरुलाई निरन्तरता दिदै मुलुकको अर्थतन्त्रको आकार बढाउनुपर्नेमा जोड दिएका थिए। उनले उद्यममैत्री, निजी क्षेत्रमैत्री र लगानीमैत्री वातावरण निर्माण गरी अर्थतन्त्रलाई सुदृढ बनाउने प्रयासमा सरकार रहेको समेत बताए।

उनले लगानीमैत्री वातावरण बनाएर अर्थतन्त्रको आकार ठूलो बनाउन सके स्रोतको सीमिततामा बस्नुपर्ने असहज अवस्था सहज हुदै जाने उल्लेख गरेका थिए।

मन्त्री वाग्लेले करिव ६० प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाहरुलाई समयमा नै पुरा गर्न प्रयाप्त बजेट बिनियोजन गरिने जानकारी दिए। बैठकमा समिति सदस्यहरुले अलपत्र आयोजनाहरुलाई पुरा गर्न सक्ने गरि बजेट बिनियोजन गर्नुपर्नेमा जोड दिएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

अविरल वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने र त्यसबाट सम्भावित दुर्घटना तथा क्षति हुनसक्ने जोखिमलाई ध्यानमा राखेर तराई, भित्री मधेस, पहाड तथा हिमाली क्षेत्रका २५ जिल्लामा...
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

निरन्तर वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुङ्गामाटो बगेर आउँदा स्थानीय केसुराम सारुमगर र रामबहादुर उचईका कच्ची घर पहिराले ढलाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।