नेभिगेशन
समाज

संविधान संशोधनमा नागरिकले सुझाव दिन सक्ने, यस्तो छ प्रक्रिया !

काठमाडौँ । संविधान संशोधनका विषयमा अब आम नागरिकहरुले पनि लिखित सुझाव दिन सक्ने भएका छन् । 
सरकारले संविधानमा गर्नुपर्ने सुधार र संशोधनका विषयमा आम नागरिकहरूसँग लिखित सुझाव माग गर्दै सात दिनभित्र सुझाव उपलब्ध गराउन आग्रह गरेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल(२०८२’ ले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै सुझाव मागेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संविधानमा गरिनुपर्ने आवश्यक सुधारका बारेमा इच्छुक व्यक्ति वा संस्थाहरूले निम्न ठेगाना, इमेल र ह्वाट्सएप नम्बरमा सुझाव पेश गर्न सक्ने सूचनामा उल्लेख छ ।

Ncell
Extreme Energy


त्यसका लागि ठेगानाः ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल-२०८२’ को सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौँ  लिखित सुझाव पेश गर्न सकिने छ भने 

इमेल: [email protected] वा [email protected] र ह्वाट्सएप नम्बरः ९८५६०२९९४७ पठाउन पनि सकिने कार्यदलले जनाएकाे छ । 

सरकारले गत १६ गते प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा विभिन्न राजनीतिक दलहरूका प्रतिनिधिहरू सदस्य रहेको कार्यदल बनाएको थियो । कार्यादलले विभिन्न पक्षसँग निरन्तर छलफल गर्दै सुझावहरु संकलन गरिरहेको छ । 

प्राप्त सुझावका आधामार कार्यदलले संविधान संसोधनका लागि बहस पत्र तयार गर्ने जनाइएको छ । 

image_tEZ0NGkmlJ_mxTu067YEs-1779444191.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

अविरल वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने र त्यसबाट सम्भावित दुर्घटना तथा क्षति हुनसक्ने जोखिमलाई ध्यानमा राखेर तराई, भित्री मधेस, पहाड तथा हिमाली क्षेत्रका २५ जिल्लामा...
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

निरन्तर वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुङ्गामाटो बगेर आउँदा स्थानीय केसुराम सारुमगर र रामबहादुर उचईका कच्ची घर पहिराले ढलाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।