नेभिगेशन
समाज

एसपी अंगुर जिसीको कमान्डमा रहेको बाँके प्रहरी कार्यसम्पादनमा दोस्रो पटक पनि सर्वोत्कृष्ट

काठमाडौँ । नेपाल प्रहरीको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रहरी कार्यालय बाँकेले दोस्रो पटक पनि प्रथम स्थान हासिल गरेको छ ।

वैशाख महिनाको कार्यसम्पादन मूल्याङ्कनमा पनि जिल्लातर्फ बाँकेले प्रथम स्थान हासिल गरेको हो । प्रदेशस्तरीय मूल्याङ्कनमा लुम्बिनी प्रदेश प्रथम बन्दै गर्दा  जिल्लातर्फ बाँकेले उत्कृष्ट कार्यसम्पादनमा शीर्ष स्थान सुरक्षित गरेको हो । बाँके प्रहरी प्रमुखको जिम्मेवारीमा एसपी अंगुर जिसी रहेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अपराध नियन्त्रण, शान्ति सुरक्षा, अनुसन्धान, फरार अभियुक्त पक्राउ, समुदाय–प्रहरी साझेदारी, ट्राफिक व्यवस्थापन तथा नागरिकमैत्री सेवा प्रवाहका आधारमा प्रहरीको कार्यासम्पादन मूल्याङ्कन समितिले उत्कृष्टताको अंक प्रदान गर्दै आएको छ । प्रहरी संगठनभित्र हुने नियमित कार्यसम्पादन मूल्याङ्कनमा बाँके प्रहरीको सक्रियता, परिणाममुखी कार्यशैली र नेतृत्व क्षमताले विशेष चर्चा  बटुलिरहेको छ ।

Ncell
Extreme Energy

विशेषगरी बाँकेको कोहलपुर क्षेत्रमा रहेको नगर विकास समितिले योजनाबद्ध गरेको २८ बिघा सार्वजनिक जग्गामा करिब दुई दशकदेखि अतिक्रमण गरी निर्माण गरिएका सुकुम्बासी बस्ती हटाउने कार्यलाई बाँके प्रहरीको सबैभन्दा चुनौतीपूर्ण तथा उल्लेखनीय उपलब्धिका रूपमा हेरिएको छ ।

लामो समयदेखि राजनीतिक, सामाजिक तथा मानवीय संवेदनशीलतासँग जोडिएको उक्त क्षेत्रको व्यवस्थापन सहज विषय थिएन । विगतमा पटक–पटक प्रयास भए पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बाँकेले सुरक्षा रणनीति, समन्वय र संयमतापूर्ण परिचालनमार्फत उक्त अभियानलाई सफलतापूर्वक सम्पन्न गरेको हो ।

प्रहरीले स्थानीय प्रशासन, नगर विकास समिति, स्थानीय तह तथा अन्य सरोकारवाला निकायसँग निरन्तर समन्वय गर्दै सम्भावित तनाव र जोखिमलाई सूक्ष्म रूपमा विश्लेषण गरी सुरक्षा योजना तयार पारेको थियो । सोही योजनाअनुसार परिचालित सुरक्षाकर्मीहरूको सक्रियताका कारण कुनै मानवीय क्षति, ठूलो झडप वा अप्रिय घटना हुन नदिई करिब ७५० घरटहरा हटाउने कार्य सम्पन्न गरिएको थियो।

लुम्बिनी प्रदेशकै उत्कृष्ट जिल्लाका रूपमा बाँकेको निरन्तर सफलतालाई प्रहरी संगठनको कार्यक्षमता, नेतृत्वको प्रभावकारिता र जनउत्तरदायी सुरक्षा व्यवस्थापनको उदाहरणका रूपमा समेत हेरिदै आएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस सांसद गीता गुरुङले भनिन्– सरकारले ९ जना सुकुम्बासीको ज्यान लियो

कांग्रेस सांसद गीता गुरुङले भनिन्– सरकारले ९ जना सुकुम्बासीको ज्यान लियो

आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद गुरूङले सुकुम्बासी बस्तीमा डोजर चलाउने सरकारी कदमले मानवीय संवेदनाको खिल्ली उडाएको र यसबाट हालसम्म ९ जनाले ज्यान गुमाएको दाबी गरिन्।
सुदूरपश्चिमका मुख्यमन्त्रीले त्यसपछि हटाए एमालेका चार मन्त्री

सुदूरपश्चिमका मुख्यमन्त्रीले त्यसपछि हटाए एमालेका चार मन्त्री

मुख्यमन्त्रीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की, भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मलादेवी...
बालेन सरकारले यो वर्ष १६६ कानुन बनाउँदै,  कानुनमन्त्रीले बुझाइन् विधेयकको सूची

बालेन सरकारले यो वर्ष १६६ कानुन बनाउँदै, कानुनमन्त्रीले बुझाइन् विधेयकको सूची

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ मा निर्माण गरिने कानुनहरुको मस्यौदाको सूची र कार्यतालिका संघीय संसदमा पठाएको छ ।
रास्वपा सांसद लिमा अधिकारीको प्रश्न– रकम नै नतिरी अर्बौंको सेयर कारोबार वर्षौंसम्म कसरी चल्यो?

रास्वपा सांसद लिमा अधिकारीको प्रश्न– रकम नै नतिरी अर्बौंको सेयर कारोबार वर्षौंसम्म कसरी चल्यो?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद लिमा अधिकारीले नेपाल धितोपत्र बोर्ड (सेबोन)को नियामकीय भूमिकामाथि प्रश्न उठाउँदै रकम नै नतिरी अर्बौं रुपैयाँ बराबरको सेयर कारोबार वर्षौंसम्म कसरी सञ्चालन भयो भन्नेबारे...

भर्खरै