नेभिगेशन
समाज

सिफारिस हुँदा आन्दोलित बारले नियुक्तिपछि प्रधानन्यायाधीश शर्मासँग के भन्यो ? (३९ बुँदे ध्यानाकर्षण पत्रसहित )

काठमाडौँ । संवैधानिक परिषद् बाट प्रधानन्यायाधीशमा डा मनोजकुमार शर्मा सिफारिस हुँदा आन्दोलित बनेको नेपाल बार एसोसिएसन शपथपछि भने संयमित भएको छ । 

आज नेपाल बार एसोसियसनले नवनियुक्त प्रधानन्यायाधीश डा.मनोजकुमार शर्मालाई भेटी बार र बेञ्जको सम्बन्ध पुरानै लयमा फर्काउने सकरात्मक कदम चालेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश शर्मालाई भेटी ३९ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ।

Ncell
Extreme Energy

अदालतमा बाह्य हस्तक्षेप हुन नदिन र न्याय पालिकाको विश्वास गिर्न नदिन ध्यानाकर्षण गराएको हो। साथै बारले तत्कालीन न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले अदालत सुधारका लागि बुझाएको प्रतिवेदन कार्यान्वयनको माग गरेको छ। 
अदालतका सबै न्यायाधीशहरुको बैठक (फुल कोर्ट) बसी तत्काल अपनत्व लिई समय कार्यतालिका बनाई शिघ्र कार्यान्वयन गर्न माग गरेको छ। 


सबै तहका अदालतहरुमा पेशी तोक्ने प्रणालीमा विभिन्न त्रुटी कमजोरीका कारण अदालतप्रति वितृष्णा फैलिएको भन्दै सुरु गरिएको गोलाप्रथा यथावत राख्न र पूर्ण स्वचालित प्रणाली लागू गर्न माग गरेको छ। 

न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकाको दूरी व्यवस्थित भएको र आनावश्यक हिमचिम अस्वीकार्य रहेको पनि बारले प्रश्ट्याएको छ। यसलाई कायम राख्न प्रधानन्यायाधीश शर्मालाई बारले भनेको छ। 

दर्ता हुन आएका निवेदनहरु सोही दिन वा भोलिपल्टसम्ममा दर्ता वा दरपिठ अनिवार्य गर्नु पर्ने व्यवस्था मिलाउन पनि बारले माग गरेको छ। दरपिठ भएको निवेदनउपर ७ दिन दिनभित्रमा सुनुवाई व्यवस्था गरी सेवाग्राहीलाई झुलाउने अव्यवस्थाको तत्काल अन्त्य गर्न पनि प्रधानन्यायाधीश शर्मालाई मााग गरिएको छ।

bar-1_tqfHn24MTN-1779460567.jpg

3-1779460937.jpg

2-1779460937.jpg

5-1779460938.jpg

4-1779460938.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

अविरल वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने र त्यसबाट सम्भावित दुर्घटना तथा क्षति हुनसक्ने जोखिमलाई ध्यानमा राखेर तराई, भित्री मधेस, पहाड तथा हिमाली क्षेत्रका २५ जिल्लामा...
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

निरन्तर वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुङ्गामाटो बगेर आउँदा स्थानीय केसुराम सारुमगर र रामबहादुर उचईका कच्ची घर पहिराले ढलाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।