नेभिगेशन
सबै कुरा

सर्लाहीमा स्थित नियन्त्रणबाहिर गएपछि प्रशासनले जारी गर्यो कर्फ्यु

शुक्रबार सर्लाहीको बरहथवा नगरपालिकामा स्वास्थ्य चौकी स्तरोन्नतिको विषयलाई लिएर भएको झडप नियन्त्रणबाहिर गएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले कर्फ्यु जारी गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रशासनले सर्वसाधारणको सुरक्षामा पर्न सक्ने जोखिमलाई मध्यनजर गरेर कर्फ्यु जारी गरेको बताएको छ  । प्रशासनका अनुसार बरहथवा नगरक्षेत्रभित्र भोली बिहान ८ बजेसम्मका लागि कर्फ्यु जारी गरेको बताएको छ । 

Ncell
Extreme Energy

'बरहथवा नगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी ढुङ्गामुढा प्रहार, उच्छृङ्खल गतिविधि लगायतका विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भंग हुन जान सक्ने स्थिति देखिएकोले बरहथवा नगरक्षेत्र (उत्तर सोतीरचोर्निया पुल, पश्चिम हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र पूर्वमा सीतापुर जाने बाटो ब्रह्मस्थान) सिमा क्षेत्र भित्र कसैले आजवतजावत गर्न नपाइने, भेला हुन नपाइने, बाहिर हिलडुल गर्न एवम् अरु कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न नपाउने गरी आज मिति २०८०।०९।२० गते बेलुका ५ः३० बजे देखी भोली मिति २०८०।०९।२१ गते बिहान ८:०० बजे सम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९क० ९१० ९३० बमोजिम कर्फ्यू आदेश जारी गरिएको छ ।', प्रशासनले भनेकाे छ  । 

नगरपालिकामा रहेको नगर अस्पताललाई प्रदेश मातहत राख्ने नराख्ने विषयमा विवाद सिर्जना हुँदा प्रहरीले चलाएको गोली लागेर स्थानीय ३० वर्षीय जयशंकर साहको मृत्यु भएको थियो । शाहको टाउको गोली लागि घटनास्थलमै मृत्यु भएको थियो ।

त्यस्तै झडपलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोलीका कारण एकजनालाई खुटामा गोली लागेर गम्भीर घाइते भएको बताइएको छ अर्का एक प्रदशर्नकारी समेत घाइते भएका छन्  । दोहोरो झडपका क्रममा ६ जना प्रहरी समेत घाइते भएका छन् । 

नगरपालिकामा रहेको नगर अस्पताललाई प्रदेश मातहत गर्ने कि नगर्ने भन्ने विषयमा भएको विवाद समाधान गर्न बसेको सर्वदलिय बैठकमा झनै विवाद सिर्जना भएपछि झडप सुरु भएको हो । विवाद बढेपछि नगरपालिकाले सूचना जारी गर्दै बैठक स्थगित गरेसँगै नगरपालिका भवनमाथि तोडफोड भएको थियो । 

त्यस्तै प्रदर्शनकारीले नगरपालिकाका  प्रमुख कल्पनाकुमारी कटुवालको घर र गाडीमा समेत तोडफोड गरेका थिए ।  



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शीतलनिवासमा रामचन्द्र, रामवरण र परमानन्दको छलफल

शीतलनिवासमा रामचन्द्र, रामवरण र परमानन्दको छलफल

राष्ट्रपति यादवले सोही विषयमा हिजो साँझ प्रधानमन्त्री बालेन शाहसँग छलफल गरेका थिए ।
तराई–मधेस तनावबारे निष्पक्ष छानबिन गर्न राप्रपाले गरायो सरकारको ध्यानाकर्षण

तराई–मधेस तनावबारे निष्पक्ष छानबिन गर्न राप्रपाले गरायो सरकारको ध्यानाकर्षण

राप्रपाले तराई–मधेसमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली र घाइतेको स्वास्थ्यलाभको कामना गर्दै धनुषाको रघुनाथपुरस्थित हनुमान मन्दिरका रेखदेखकर्ताको रहस्यमय हत्याको कडा निन्दा गरेको छ । प्रहरीको गोली प्रहारबाट नागरिकको ज्यान...
सुकुम्बासी बस्तीका बालबालिकाको शिक्षामा कुनै कमी हुन दिँदैनौँ : शिक्षा तथा खेलकुदमन्त्री पोखरेल

सुकुम्बासी बस्तीका बालबालिकाको शिक्षामा कुनै कमी हुन दिँदैनौँ : शिक्षा तथा खेलकुदमन्त्री पोखरेल

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौं उपत्यकामा सुकुम्बासी बस्ती हटाउँदा प्रभावित भएका बालबालिकाको शिक्षामा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएका छन् ।
प्रधानमन्त्री बालेन र मधेशका सांसदबीच के भयो छलफल ?

प्रधानमन्त्री बालेन र मधेशका सांसदबीच के भयो छलफल ?

प्रधानमन्त्री बालेन शाहले सुनसरी लगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर एवं योजनाबद्ध रूपमा लागिपरेको...