नेभिगेशन
सबै कुरा

सर्लाहीमा स्थित नियन्त्रणबाहिर गएपछि प्रशासनले जारी गर्यो कर्फ्यु

शुक्रबार सर्लाहीको बरहथवा नगरपालिकामा स्वास्थ्य चौकी स्तरोन्नतिको विषयलाई लिएर भएको झडप नियन्त्रणबाहिर गएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले कर्फ्यु जारी गरेको छ । 

प्रशासनले सर्वसाधारणको सुरक्षामा पर्न सक्ने जोखिमलाई मध्यनजर गरेर कर्फ्यु जारी गरेको बताएको छ  । प्रशासनका अनुसार बरहथवा नगरक्षेत्रभित्र भोली बिहान ८ बजेसम्मका लागि कर्फ्यु जारी गरेको बताएको छ । 

City Express

'बरहथवा नगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी ढुङ्गामुढा प्रहार, उच्छृङ्खल गतिविधि लगायतका विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भंग हुन जान सक्ने स्थिति देखिएकोले बरहथवा नगरक्षेत्र (उत्तर सोतीरचोर्निया पुल, पश्चिम हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र पूर्वमा सीतापुर जाने बाटो ब्रह्मस्थान) सिमा क्षेत्र भित्र कसैले आजवतजावत गर्न नपाइने, भेला हुन नपाइने, बाहिर हिलडुल गर्न एवम् अरु कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न नपाउने गरी आज मिति २०८०।०९।२० गते बेलुका ५ः३० बजे देखी भोली मिति २०८०।०९।२१ गते बिहान ८:०० बजे सम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९क० ९१० ९३० बमोजिम कर्फ्यू आदेश जारी गरिएको छ ।', प्रशासनले भनेकाे छ  । 

नगरपालिकामा रहेको नगर अस्पताललाई प्रदेश मातहत राख्ने नराख्ने विषयमा विवाद सिर्जना हुँदा प्रहरीले चलाएको गोली लागेर स्थानीय ३० वर्षीय जयशंकर साहको मृत्यु भएको थियो । शाहको टाउको गोली लागि घटनास्थलमै मृत्यु भएको थियो ।

त्यस्तै झडपलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोलीका कारण एकजनालाई खुटामा गोली लागेर गम्भीर घाइते भएको बताइएको छ अर्का एक प्रदशर्नकारी समेत घाइते भएका छन्  । दोहोरो झडपका क्रममा ६ जना प्रहरी समेत घाइते भएका छन् । 

नगरपालिकामा रहेको नगर अस्पताललाई प्रदेश मातहत गर्ने कि नगर्ने भन्ने विषयमा भएको विवाद समाधान गर्न बसेको सर्वदलिय बैठकमा झनै विवाद सिर्जना भएपछि झडप सुरु भएको हो । विवाद बढेपछि नगरपालिकाले सूचना जारी गर्दै बैठक स्थगित गरेसँगै नगरपालिका भवनमाथि तोडफोड भएको थियो । 

त्यस्तै प्रदर्शनकारीले नगरपालिकाका  प्रमुख कल्पनाकुमारी कटुवालको घर र गाडीमा समेत तोडफोड गरेका थिए ।  



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कुलमानको पहिलो निर्णयः डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न विद्युत प्राधिकरणलाई निर्देशन

कुलमानको पहिलो निर्णयः डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न विद्युत प्राधिकरणलाई निर्देशन

घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुँदा उनले बक्यौता उठाउन निकै प्रयास गरेका थिए । तर पछि उनलाई हटाएर हितेन्द्रदेव शाक्यलाई प्राधिकरणकाे कार्यकारी निर्देशक नियुक्त गरिएको थियो ।
खण्डहर राष्ट्रपति भवनको प्राङ्गणमा तीन मन्त्रीले लिए शपथ (तस्बिरहरु)

खण्डहर राष्ट्रपति भवनको प्राङ्गणमा तीन मन्त्रीले लिए शपथ (तस्बिरहरु)

नवनियुक्त मन्त्रीहरूमध्ये खनाललाई अर्थ,  घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास, अर्याललाई गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ...
मन्त्रीत्रय ओमप्रकाश अर्याल, रामेश्वर खनाल र कुलमान घिसिङले लिए शपथ

मन्त्रीत्रय ओमप्रकाश अर्याल, रामेश्वर खनाल र कुलमान घिसिङले लिए शपथ

खनाल पूर्वअर्थ सचिव, घिसिङ नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक र अर्याल अधिवक्ता हुन् । खनालले आर्थिक सुधार र सुशासनका क्षेत्रमा काम गर्दै आएका छन् भने घिसिङले प्राधिकरणको जिम्मेवारीबाट...
सरकारी भवन जलाउने कार्य नियोजित षड्यन्त्र हो कि भन्ने लागेको छः प्रधानमन्त्री कार्की

सरकारी भवन जलाउने कार्य नियोजित षड्यन्त्र हो कि भन्ने लागेको छः प्रधानमन्त्री कार्की

उनले भनिन्, “नेपाली नै भएर यो काम गरेको हो भने लाज लाग्नुपर्ने हो । यस्तो घटना नेपालमा पहिलो पटक भएको हो । हाम्रा मुख्य भवनहरु अनुहार देखाउन नमिल्ने...