नेभिगेशन
समाज

पद दुरुपयोगको आरोपमा क्यान अध्यक्ष चन्दलाई राखेपले सोध्यो ५ दिने स्पष्टीकरण

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष चतुरबहादुर चन्द विरुद्ध पद दुरुपयोग गरेको भन्दै राष्ट्रिय खेलकुद परिषद (राखेप) स्पष्टिकरण सोधेको छ । 
पदीय अधिकारको दुरुपयोग गर्दै सार्वजनिक कोष अपचलन गरेको, अमेरिकामा भएको विश्वकप भ्रमणमा अनियमितता गरेको, कर्मचारी भर्ना प्रक्रियाको दुरुपयोग गरेको, अपाङ्गता भत्ताको दुरुपयोग गरेको, वार्षिक साधारण सभा र विश्वकप जर्सी तथा टिकटमा अनियमितता गरेको लगायतका आरोपमाथि जवाफ दिन भन्दै पाँच दिन समय दिएको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) क्यानलाई पत्राचार गर्दै अध्यक्ष चन्द विरुद्ध विभिन्न उजुरी परेकाले त्यस विषयमा पाँच दिन भित्र राय र प्रतिक्रिया र प्रमाणित कागजातहरु उपलब्ध गराउन निर्देशन दिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २०८३ वैशाख १६ गते अध्यक्ष चन्द विरुद्ध उजुरी दर्ता भएको थियो । वैशाख २९ गते आयोगले युवा तथा खेलकुद मन्त्रालयलाई यस विषयमा पत्र पठाएको थियो । 

Ncell
Extreme Energy

त्यसपछि मन्त्रालयले वैशाख ३१ गते राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई पत्र लेख्दै १० दिनभित्र जवाफ पठाउन भनेको थियो ।
सोहि पत्र अनुसार राखेपले गत बिहीबार क्यानलाई पत्राचार गरेर चन्दविरुद्ध विभिन्न बुँदामा अख्तियारमा उजुरी परेको र उक्त उजुरीको गाम्भिर्यतालाई अध्ययन गरी उजुरीमा उठाइएको विषयमा बुँदागत रुपमा सत्यतथ्य राय/प्रतिक्रिया एवं सो सँग सम्वद्ध प्रमाणित कागजात विवरणहरु पठाउन भनेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

अविरल वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने र त्यसबाट सम्भावित दुर्घटना तथा क्षति हुनसक्ने जोखिमलाई ध्यानमा राखेर तराई, भित्री मधेस, पहाड तथा हिमाली क्षेत्रका २५ जिल्लामा...
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

निरन्तर वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुङ्गामाटो बगेर आउँदा स्थानीय केसुराम सारुमगर र रामबहादुर उचईका कच्ची घर पहिराले ढलाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।