नेभिगेशन
समाज

चीनको कोइलाखानीमा विस्फोट हुँदा ८२ जनाको मृत्यु, नेपाल सरकारद्वारा दुःख व्यक्त

चीनको कोइला खानीमा ८२ जनाको मृत्यु भएको घटनामा नेपाल सरकारले दुःख व्यक्त गरेको छ।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको एक्स अकाउन्टमार्फत उक्त घटनाप्रति दःख व्यक्त गरेको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘शन्सी, चीनमा भएको दुखद् खानी दुर्घटनामा धेरै मानवीय क्षति भएको खबरले अत्यन्त मर्माहत बनाएको छ। शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु र बेपत्ताहरूको सकुशल उद्धारको कामगना गर्दछु। यस कठिन घडीमा नेपाल चीनसँग ऐक्यबद्ध छ,’ प्रधानमन्त्री कार्यालयले भनेको छ।

Ncell
Extreme Energy

शुक्रबार स्थानीय समयअनुसार साँझ साढे ७ बजे चीनको शन्सीमा रहेको लुइशेन्यू कोइला माइनमा ग्यास विष्फोट हुँदा ८२ जनाको मृत्यु भएको थियो। 

उक्त खानीमा २४७ जना काम गरिरहेका बेला विष्फोट भएको थियो। त्यसमध्ये १४४ जनाले मात्रै ट्र्याकर लगाएका थिए। 

चिनियाँ राष्ट्रपति सी चिनफिङले उद्धार कार्यमा कुनै कसर नछाड्न निर्देशन दिएका थिए। यस घटनामा सघन अनुसन्धान समेत गरी दोषी देखिए जोकोहीलाई कारबाही गर्ने समेत चीन सरकारले जनाएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन...