नेभिगेशन
समाज

सरकारद्वारा बाजुरा–हुम्ला सीमा विवाद अध्ययन गर्न समिति गठन

काठमाडौँ । सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्न नापी विभागका उपमहानिर्देशक सुशिल डंगोलको संयोजकत्वमा एक समिति गठन गरेको छ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा २०८३ जेठ १० गते सिंहदरबारमा बसेको बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट एक–एक जना प्रतिनिधि सदस्य रहनेछन्। त्यस्तै, नापी विभागका निर्देशकलाई समितिको सदस्य–सचिवको जिम्मेवारी दिइएको छ।

Ncell
Extreme Energy

बैठकमा भूमि मन्त्रालयका सचिव मदन भुजेल, प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहाल, गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव प्रकाश दाहाल, नापी विभागका महानिर्देशक प्रकाश जोशी, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव भीम बुढा,नापी विभागका निर्देशक दयानन्द जोशी र नापी अधिकृत ज्योति ढकालको सहभागिता रहेको थियो। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राष्ट्रिय भेला नरोकिने शशांक कोइरालाको स्पष्टोक्ति

राष्ट्रिय भेला नरोकिने शशांक कोइरालाको स्पष्टोक्ति

नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीभित्रको एकता कायम गर्दै मुलुकसामु देखिएका चुनौतीको सामना गर्न राष्ट्रिय भेला आयोजना गर्न लागिएको बताएका छन्...
सदनमा उठ्यो सुनकोशीमा वृद्ध दम्पती बेपत्ता भएको घटना

सदनमा उठ्यो सुनकोशीमा वृद्ध दम्पती बेपत्ता भएको घटना

मण्डनदेउपुर नगरपालिका–७का वृद्ध केदारनाथ पराजुली र उनकी पत्नी तीलकुमारी सुनकोशी नदीमा हेलिएको घटनाले सदनमा पनि प्रवेश पाएको छ ।
पूर्वका यी पाँच जिल्लामा शनिबार १२ घण्टा हुँदैन विजुली

पूर्वका यी पाँच जिल्लामा शनिबार १२ घण्टा हुँदैन विजुली

झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्र तथा मोरङको उर्लाबारी, पथरी र आसपासका क्षेत्रमा शनिबार बिहान ४ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म कूल १२ घण्टा विद्युत् सेवा अवरुद्ध...