नेभिगेशन
समाज

जातीय भेदभाव र छुवाछुत राष्ट्रिय समस्या: गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जातीय भेदभाव र छुवाछुत कुनै एक जाति वा समुदायको मात्र नभई सिंगो राष्ट्रको समस्या भएको बताएका छन् ।

समता दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै सभापति थापाले सबैको सामूहिक र साझा प्रयत्नबाट मात्र यो कुरीति र कुसंस्कारको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न सकिन्छ भन्ने विश्वास व्यक्त गरेका छन् । त्यसका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न नेपाली कांग्रेस पूर्ण प्रतिबद्ध रहेको पनि उनले स्पष्ट पारेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभापति थापाले नेपाली कांग्रेस नेपाली  समाजमा व्याप्त जातीय भेदभाव र छुवाछूत, कुरीति तथा कुसंस्कारको समूल अन्त्य गरिनु पर्दछ भन्नेमा स्थापनाकालदेखि नै दृढ रहेको बताएका छन् । ‘यो समस्या सामाजिक रुपमा मानवीय अपराध र कानुनीरुपमा दण्डनीय अपराध हो’ उनले भनेका छन्।

Ncell
Extreme Energy

दलित समुदाय माथि भएको सबै प्रकारको जातीय विभेद, अपमान, असमानता तथा अमानवीय व्यवहारको अन्त्यका लागि संविधान प्रदत्त अधिकारको पूर्णरुपमा कार्यान्वयनका लागि सरकारले विषेश अग्रसरता लिनुपर्ने पनि उनले उल्लेख गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
भारी वर्षाको प्रक्षेपणपछि मौसम विभाग पुगेर ऊर्जामन्त्री श्रेष्ठ र गृहमन्त्री गुरुङले के भने ?

भारी वर्षाको प्रक्षेपणपछि मौसम विभाग पुगेर ऊर्जामन्त्री श्रेष्ठ र गृहमन्त्री गुरुङले के भने ?

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले असोज ९ देखि ११ गते पूर्वानुमान गरिएको अति भारी वर्षाबाट उत्पन्न हुनसक्ने विपद्को पूर्वतयारी र पूर्वसूचनामा जुट्न निर्देशन दिएका छन् ।
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि निगरानी र कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि निगरानी र कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएको विषयमा निगरानी बढाउँदै कानुनअनुसार आवश्यक कारबाही गर्न ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन...
न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा बुधबार न्यूयोर्कमा भारतका विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गरेका छन् ।