नेभिगेशन
समाज

सुकुम्बासी बस्ती खाली गरेपछिको थापाथली क्षेत्र(तस्बिरहरु)

काठमाडौँ । सरकारले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाइएपछि बागमती नदी किनार क्षेत्र अहिले खुला र फराकिलो देखिन थालेको छ । वर्षौँदेखि अव्यवस्थित रूपमा बसोबास गर्दै आएका टहरा तथा अस्थायी संरचना हटाइएपछि उक्त क्षेत्रको स्वरूपमा परिवर्तन देखिएको हो । बागमती करिडोर विस्तार तथा नदी किनार संरक्षणको उद्देश्यसहित सञ्चालन गरिएको खाली गराउने अभियानपछि अहिले नदी किनार सफा, व्यवस्थित र खुला देखिएको छ । पहिले बाक्लो टहरा, साँघुरा  र फोहोरले भरिएको क्षेत्र अहिले खुला मैदानजस्तै देखिन थालेको छ । थापाथली क्षेत्र बागमती करिडोरको महत्वपूर्ण भाग मानिन्छ । नदी किनार अतिक्रमणका कारण वर्षेनी बाढी, फोहोर व्यवस्थापनमा समस्या हुँदै आएको थियो । बस्ती हटाइएपछि करिडोर क्षेत्रको सौन्दर्य बढ्नुका साथै नदी सफाइ अभियानलाई पनि सहज हुने अपेक्षा गरिएको छ । यद्यपि बस्ती हटाउने कार्यसँगै विस्थापित परिवारहरूको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । आफूहरू वर्षौँदेखि बस्दै आएको स्थानबाट हटाइँदा वैकल्पिक आवासको व्यवस्था छिटो हुनुपर्ने उनीहरूको माग रहेको छ । मानव अधिकारकर्मी तथा अधिकारवादी संस्थाहरूले बस्ती हटाउँदा पुनःस्थापनाको स्पष्ट योजना आवश्यक पर्ने बताएका छन् । उनीहरूका अनुसार विकास निर्माणसँगै नागरिकको आधारभूत आवास अधिकारलाई पनि प्राथमिकता दिनु पर्ने बताएका छन् । महानगरपालिकाले भने सार्वजनिक जग्गा संरक्षण, नदी किनार व्यवस्थापन र शहरी सौन्दर्य सुधारका लागि अभियान आवश्यक रहेको जनाएको छ । आगामी दिनमा करिडोर क्षेत्रलाई थप व्यवस्थित बनाउँदै हरियाली, पैदलमार्ग र सार्वजनिक उपयोगका संरचना निर्माण गरिने योजना रहेको बताइएको छ । थापाथली सुकुम्बासी बस्ती हटाइएपछि अहिले उक्त क्षेत्रको दृश्य पूर्ण रूपमा बदलिएको छ । पहिले अव्यवस्थित र भीडभाडयुक्त देखिने नदी किनार अहिले खुला, सफा र व्यवस्थित देखिन थालेको छ। 

तस्बिरः सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

IMG-20260521-WA0103-1779684618.jpg

Ncell
Extreme Energy

IMG-20260521-WA0104-1779684618.jpg

IMG-20260521-WA0099-1779684616.jpg

IMG-20260521-WA0100-1779684617.jpg

IMG-20260521-WA0098-1779684616.jpg

IMG-20260521-WA0097-1779684616.jpg

IMG-20260521-WA0102-1779684617.jpg

IMG-20260521-WA0101-1779684617.jpg

IMG-20260521-WA0090-1779684615.jpg

IMG-20260521-WA0093(1)-1779684615.jpg

IMG-20260521-WA0094-1779684615.jpg

IMG-20260521-WA0096-1779684615.jpg

IMG-20260521-WA0086-1779684613.jpg

IMG-20260521-WA0085-1779684613.jpg

IMG-20260521-WA0089-1779684614.jpg

IMG-20260521-WA0087-1779684614.jpg

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
भारी वर्षाको प्रक्षेपणपछि मौसम विभाग पुगेर ऊर्जामन्त्री श्रेष्ठ र गृहमन्त्री गुरुङले के भने ?

भारी वर्षाको प्रक्षेपणपछि मौसम विभाग पुगेर ऊर्जामन्त्री श्रेष्ठ र गृहमन्त्री गुरुङले के भने ?

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले असोज ९ देखि ११ गते पूर्वानुमान गरिएको अति भारी वर्षाबाट उत्पन्न हुनसक्ने विपद्को पूर्वतयारी र पूर्वसूचनामा जुट्न निर्देशन दिएका छन् ।
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि निगरानी र कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि निगरानी र कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएको विषयमा निगरानी बढाउँदै कानुनअनुसार आवश्यक कारबाही गर्न ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन...
न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा बुधबार न्यूयोर्कमा भारतका विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गरेका छन् ।