नेभिगेशन
समाज

पर्यटकको रोजाइमा कोशी टप्पु वन्यजन्तु आरक्ष

काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ मा  ११ हजार ६०३ पर्यटकले कोशी टप्पु आरक्ष भ्रमण गरेको कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यलयले जनाएको छ ।

भ्रमण गर्नेमा आन्तरिक पर्यटक ११ हजार २१४ र सार्क मुलुकबाट ४२ महिला र ४५ पुरुष गरी ८७ जना तथा अन्य मुलुकबाट १५१ महिला र १५१ पुरुष गरी ३०२ विदेशी पर्यटक रहेको आरक्ष प्रमुख एवं वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवले जानकारी दिए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जैविक विविधता, दुर्लभ वन्यजन्तु तथा शान्त वातावरणका कारण आरक्ष आन्तरिक र बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ । सुनसरी र सप्तरी जिल्लाभित्र सप्तकोशी नदीले बनाएको टापु क्षेत्रमा फैलिएको यस आरक्ष जङ्गली भैँसी (अर्ना) का लागि प्रसिद्ध छ । कोशी टप्पु रैथाने अर्ना पाइने नेपालको एक मात्र संरक्षित क्षेत्र मानिन्छ ।

Ncell
Extreme Energy

सन् १९८७ देखि यो क्षेत्र रामसार सूचीमा सूचीकृत छ । यहाँ घडियाल, मगरगोही, सोंस (डल्फिन) तथा विभिन्न प्रजातिका माछा पनि पाइन्छन् । चराचुरुङ्गीको उच्च विविधताका कारण कोशी टप्पुलाई ‘चराहरूको राजधानी’ समेत भनिन्छ ।

प्राकृतिक सौन्दर्य र जैविक विविधताले समृद्ध यस क्षेत्र पक्षी अवलोकन, अध्ययन तथा अनुसन्धानका लागि स्वदेशी र विदेशी पर्यटकको आकर्षण बन्दै आएको छ । आरक्षलाई पूर्वी भारतसँग जोडिएको जैविक मार्गका रूपमा पनि लिइन्छ ।

चितुवाबाहेक अन्य ठूला मांसाहारी जनावरको सङ्ख्या न्यून रहे पनि आरक्षले पूर्वी तराई, मधेस क्षेत्रको वन, वनस्पति, हावापानी र जैविक विविधताको प्रतिनिधित्व गर्दै आएको आरक्ष प्रमुख यादवले बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसद् भवन परिसरमा जेनजी पार्क शिलान्यास

संसद् भवन परिसरमा जेनजी पार्क शिलान्यास

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरुको  स्मृतिमा संसद् भवन परिसरमा ‘जेनजी मेमोरियल पार्क’को शिलान्यास गरिएको छ ।
परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छोबीच भेटवार्ता

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आइतबार सम्पन्न द्विपक्षीय भेटवार्ताका क्रममा गत २६ अगस्टमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता हुनुभएका गणतन्त्र कोरियाका नागरिकहरूको खोजी तथा उद्धार कार्यका विषयमा पनि गम्भीर...
बूढीगण्डकीको बाढीले नाम्रुङमा पुल र जलविद्युतमा क्षति, चुमनुब्रीवासी र पर्यटक समस्यामा

बूढीगण्डकीको बाढीले नाम्रुङमा पुल र जलविद्युतमा क्षति, चुमनुब्रीवासी र पर्यटक समस्यामा

थेराङ खोलाको बाढीले नाम्रुङबाट मनास्लु क्षेत्रतर्फ जाने पुल बगाएको छ भने सो बाढीले बूढीगण्डकीको बहाव बढ्न गई नाम्रुङभन्दा तल जङ्गलस्थित पुल पनि बगाएको जनाइएको छ ।
भोटेकोशी बाढीपछि हराइरहेका बाँकेका १६ आफन्तको डिएनए सङ्कलन

भोटेकोशी बाढीपछि हराइरहेका बाँकेका १६ आफन्तको डिएनए सङ्कलन

रसुवाको भोटेकोशी बाढीपछि हराइरहेका वा ज्यान गुमाएका व्यक्तिको शव पहिचानका लागि बाँकेका १६ जना आफन्तको डिएनए नमूना सङ्कलन गरिएको छ।

भर्खरै