नेभिगेशन
समाज

रवि लामिछानेसँगै को को जाँदैछन् नयाँ दिल्ली ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँगै पार्टीका अन्य दुई नेता पनि भारत भ्रमणमा जाने भएका छन् ।

लामिछाने भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष नीतिन नवीनको औपचारिक निम्तोमा भारतको तीन दिने भ्रमणका लागि जेठ १८ गते नयाँ दिल्ली जाँदैछन् । लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा सहमहामन्त्री विपिन आचार्य र विदेश विभाग प्रमुख दीपक बोहरा रहने रास्वपाले जनाएको छ । त्यसैगरी रविपत्नी निकिता पौडेल र लामिछानेका स्वकीय सचिव अविनाश आचार्य पनि दिल्ली जाने छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लामिछानेलाई जेठ १९ गते भाजपा अध्यक्ष नवीनले भाजपा मुख्यालयमा स्वागत गर्नेछन् । सोही क्रममा दुई नेतृत्वबीच औपचारिक संवादसमेत हुने रास्वपाले जनाएको छ ।

Marvel
Extreme Energy

सोही दिन लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्नेछन् । समय भने खुलाइएको छैन । भारतीय विदेशमन्त्री एस जयशंकरसहित केही मन्त्रीहरुसँग हुने भेटवार्ताको तालिका भने तय भइसकेको जनाइएको छ ।

नेपालमा नयाँ सरकार बनेपछि नेपालबाट भारतमा हुन लागेको यो सबैभन्दा उच्चस्तरको भ्रमण हो ।

भारतले समय समयमा नेपालका सत्तारुढ दलका नेताहरुलाई भारत भ्रमण गराउँदै आएको छ । भारतीय विदेश मन्त्रालय र भारतीय जनता पार्टीको समन्वयमा यस्तो भ्रमण हुने गरेको छ । यसअघि पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहालले पनि भाजपाको निमन्त्रणमा भारत भ्रमण गरिसकेका छन् ।

सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल जेठ २० गते स्वदेश फर्किने छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

सरकारका अनुसार क्रिकेट रंगशाला पूर्वाधार विकास मन्त्रालयमार्फत निर्माण गरिनेछ । धनगढीस्थित फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ भने आगामी तीन महिनाभित्र बाँकी सबै रंगशालाको निर्माण प्रक्रिया...
लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले जित्यो पहिलोपटक एनपीएल उपाधि

लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले जित्यो पहिलोपटक एनपीएल उपाधि

सुदूरपश्चिमको जितमा ओपनर जर्ज मुन्सेले विस्फोटक ब्याटिङ गरे । उनले ५४ बलमा अविजित १२५ रन बनाए । उनको इनिङ्समा ७ चौका र ११ छक्का समावेश थिए । अर्का...
परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

सो अवसरमा परराष्ट्रमन्त्री खनालले नेपाल भ्रमणमा रहेका जापानी उपमन्त्री फुजीलाई हार्दिक स्वागत गरे । उनले हालै रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि तत्काल राहत तथा सहयोग उपलब्ध गराएको र पुनःनिर्माणका...
एनपीएल फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

एनपीएल फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

लुम्बिनीका लागि दिलिप नाथले सर्वाधिक ३९ रन बनाए । उनले ३० बलमा ३९ रन बनाउँदै अविजित रहे । त्यस्तै कप्तान रोहितकुमार पौडेलले ३१ बलमा ३० रन बनाए ।