नेभिगेशन
समाज

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्ममलाईमात्र दिने निर्णयविरूद्व महासंघ आन्दोलनमा

काठमाडौँ । सरकारी सूचना (विज्ञापन) सरकारी सञ्चारमाध्ममलाईमात्र दिने निर्णयविरूद्व आन्दोलनरत नेपाल पत्रकार महासंघले सभामुख र राष्ट्रियसभा अध्यक्षलाई ज्ञापन पत्र बुझाएको छ ।

सरकारी सूचना वितरणमा विभेद हटाउन र श्रमजीवी पत्रकारको पक्षमा पहलकदमी लिन भन्दै महासंघले सोमबार सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाललाई ज्ञापन पत्र बुझाएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी रवैया सच्याउन, सूचनाको पहुँचमा नियन्त्रण नगर्न, श्रमजीवी पत्रकारको पक्षमा पहलकदमी लिन र सरकारी सूचना वितरणमा विभेद हटाउन माग गरेको छ ।

Ncell
Extreme Energy

राष्ट्रियसभा अध्यक्ष दाहाललाई ज्ञापन पत्र बुझाउदै महासंघकी अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकारको श्रमको पक्षमा सकारात्मक पहल नलिएको र सरकारले खर्च कटौतीको बहानामा सबै तहको सरकारी सूचना (विज्ञापन) सरकारी सञ्चारमाध्ममलाईमात्र दिने विभेदकारी निर्णयविरूद्व आन्दोलनमा रहेको जानकारी गराए।

उनले सरकारी सूचना वितरणमा विभेद हटाउनुपर्ने, सञ्चारजगतमैत्री कानून बनाउनुपर्नेमा जोड दिए। महासंघको ज्ञापन पत्र बुझ्दै राष्ट्रियसभा अध्यक्ष दाहालले सरकारले नै सरकारी र निजि सञ्चारमाध्यमबीच विभेद गर्नु उचित नभएको बताए। नेपालको पत्रकारिता पेशालाई अघि बढाउनका लागि सरकारको निर्णयले शंकुचित गरेको महशुस आफुलाई पनि भएको उनले बताए।

सरकारी सूचना (विज्ञापन) सरकारी सञ्चारमाध्ममलाईमात्र दिने निर्णयबिरुद्ध साताव्यापी दबाब आन्दोलनबाट पनि माग पूरा नभए आन्दोलनलाई निरन्तरता दिंदै थप सशक्त कार्यक्रम ल्याइने महासंघले चेतावनी दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
घट्यो अमेरिकी डलरको भाउ, कति पुग्यो ?

घट्यो अमेरिकी डलरको भाउ, कति पुग्यो ?

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १५३ रुपैयाँ २५...
अमेरिका उडेका बालेनलाई रविले भने, हाम्रा सरोकारका सबै विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा उठाउनुस्

अमेरिका उडेका बालेनलाई रविले भने, हाम्रा सरोकारका सबै विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा उठाउनुस्

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालका सरोकारका सबै विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त उठाउन प्रधानमन्त्री वालेन्द्र शाहलाई अनुरोध गरेका छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु गर्दैछ ।
स्थानीय निर्वाचनको तयारीमा जुटे प्रचण्ड र माधव नेपाल, विशेष अभियानको घोषणा

स्थानीय निर्वाचनको तयारीमा जुटे प्रचण्ड र माधव नेपाल, विशेष अभियानको घोषणा

नेपाली कम्युनिष्ट पार्टीले सङ्गठन सुदृढीकरणका लागि दुईमहिने विशेष अभियान सञ्चालन गर्ने भएको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नेकपा संगठन सुदृढीकरणमा जुटेको हो ।