नेभिगेशन
समाज

‘एलिफेन्ट्स इन द फग’ का समूहलाई नेपालमा स्वागत

काठमाडौँ । विश्वप्रसिद्ध चलचित्र महोत्सव ‘कान्स चलचित्र महोत्सव २०२६’ मा सहभागी भएको चलचित्र ‘एलिफेन्ट्स इन द फग’ का कलाकार तथा निर्माण समूहलाई नेपालमा  स्वागत गरिएको छ ।

उक्त चलचित्र महोत्सवमा ‘अन सर्टेन रिगार्ड विधा’ मा छनोट भएर पहिलो प्रदर्शनी (विश्व प्रिमियर) भएको नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ ले सोही विधामा निर्णायक पुरस्कार (जुरी अवार्ड) जित्न सफल भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

फ्रान्समा सम्पन्न उक्त चलचित्र महोत्सवमा सहभागी भएर नेपाल फर्किनुभएका निर्देशक अविनाशविक्रम शाह, निर्माता अनुप पौडेल र कलाकार पुष्पा थिङ लामालाई सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले बधाई दिँदै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन्।

Marvel
Extreme Energy

प्राप्त अन्तरराष्ट्रिय सम्मानले नेपाली चलचित्रको कथ्य, शिल्प र प्राविधिक सम्भावनालाई विश्वसामु थप स्पष्ट बनाएको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले बताए।

उनले भने, “नेपाली कलाकर्मीले विश्व प्रख्यात चलचित्र महोत्सवमा सहभागी जनाउँदै अन्तरराष्ट्रिय उपलब्धिसहित नेपाल फर्किनु हाम्रो लागि सुखद पक्ष हो । हाम्रो कला, संस्कृतिसँगै प्राकृतिकस्थलको प्रचारका लागि पनि चलचित्र निकै महत्वपूर्ण छ । त्यसैले हामीले यस क्षेत्रको हितमा हुने कामहरूलाई अगाडि बढाई रहेका छौँ । हामीले कला र संस्कृतिका क्षेत्रमा सक्दो काम गर्ने योजना बनाएका छौँ ।”

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल नेपाली चलचित्र र नेपाली संस्कृतिलाई अन्तरराष्ट्रिय मञ्चमा गौरव गर्ने अवसर प्रदान गरेको बताउँदै चलचित्रकर्मीलाई बधाई दिए।

उनले भने, “चलचित्रकर्मीहरू मुलुकका अवैतनिक सांस्कृतिकदूत हुनुहुन्छ । चलचित्रले अन्तरराष्ट्रिय मञ्चमा आफूलाई प्रस्तुत गरेर पुरस्कृत हुँदै गर्दा त्यो उपलब्धि उक्त चलचित्रकर्मीसँगै देशको हुन्छ, त्यसकारण हामी बधाई दिन उपस्थित भएका छौँ ।”

उक्त कार्यक्रममा चलचित्र ‘एलिफेन्ट्स इन द फग’ का निर्देशक अविनाशविक्रम शाहले चलचित्र निर्माण गर्दा अप्ठ्यारो भएता पनि देशमा पाएको सम्मानले आफूसहित सम्पूर्ण निर्माण समूह प्रोत्साहित भएको बताए।

“यस किसिमको सम्मानले हामी चलचित्रकर्मीलाई प्रोत्साहन मिल्छ, म पनि प्रोत्साहित भएको छु । अब छिट्टै अर्को चलचित्र निर्माण गर्नेछु”, निर्देशक शाहले भने।

उक्त कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले बोर्डले यसै साता सम्मान कार्यक्रम आयोजना गरी उक्त चलचित्रलाई रु दुई लाख ५० हजारसहित सम्मान गर्ने जानकारी दिए। उनले चलचित्र ‘एलिफेन्ट्स इन द फग’ को उपलब्धिले नेपाली चलचित्रलाई अन्तरराष्ट्रिय मञ्चमा नयाँ आत्मविश्वास दिएको बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

सरकारका अनुसार क्रिकेट रंगशाला पूर्वाधार विकास मन्त्रालयमार्फत निर्माण गरिनेछ । धनगढीस्थित फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ भने आगामी तीन महिनाभित्र बाँकी सबै रंगशालाको निर्माण प्रक्रिया...
लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले जित्यो पहिलोपटक एनपीएल उपाधि

लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले जित्यो पहिलोपटक एनपीएल उपाधि

सुदूरपश्चिमको जितमा ओपनर जर्ज मुन्सेले विस्फोटक ब्याटिङ गरे । उनले ५४ बलमा अविजित १२५ रन बनाए । उनको इनिङ्समा ७ चौका र ११ छक्का समावेश थिए । अर्का...
परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

सो अवसरमा परराष्ट्रमन्त्री खनालले नेपाल भ्रमणमा रहेका जापानी उपमन्त्री फुजीलाई हार्दिक स्वागत गरे । उनले हालै रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि तत्काल राहत तथा सहयोग उपलब्ध गराएको र पुनःनिर्माणका...
एनपीएल फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

एनपीएल फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

लुम्बिनीका लागि दिलिप नाथले सर्वाधिक ३९ रन बनाए । उनले ३० बलमा ३९ रन बनाउँदै अविजित रहे । त्यस्तै कप्तान रोहितकुमार पौडेलले ३१ बलमा ३० रन बनाए ।