नेभिगेशन
समाज

आगामी वर्षको नीति तथा कार्यक्रममाथि लुम्बिनी प्रदेशसभामा छलफल हुने

काठमाडौँ । लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत सातौँ बैठक आजदेखि आगामी आर्थिक वर्ष २०८३/८४ को नीति कार्यक्रममाथि छलफल सुरू हुने भएको छ ।

प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा सरकारको आगामी आव २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरिनेछ । बैठकको सुरुमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा शून्य समयमा आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यसपछि सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले ‘थारु समुदायका प्रथाजनित परम्पराको संरक्षण गर्न बनेको विधेयक, २०८३’ सभामा पेस गर्ने छन् । त्यसैगरी प्रदेश प्रमुखद्वारा प्रस्तुत गरिएको लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को ‘वार्षिक नीति तथा कार्यक्रम’को एक प्रतिमुख्यमन्त्री चेतनारायण आचार्यले सभामा पेस गर्ने कार्यसूची रहेको छ ।

Ncell
Extreme Energy

प्रदेशसभा सदस्य तुलसीप्रसाद चौधरीले वार्षिक नीति तथा कार्यक्रमसम्बन्धी सम्बोधनका लागि धन्यवाद ज्ञापन प्रस्ताव पेस गर्ने छन् । भने उक्त प्रस्तावलाई प्रदेशसभा सदस्य जमुना ढकालले समर्थन गर्ने जनाइएको छ। । त्यसपछि सभामुखले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने जनाइएको छ ।

बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले ‘वार्षिक नीति तथा कार्यक्रम’ माथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव पेस गर्ने छन्। प्रस्तावमाथि छलफलपश्चात् प्रदेशसभा सदस्यहरूले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस सांसद गीता गुरुङले भनिन्– सरकारले ९ जना सुकुम्बासीको ज्यान लियो

कांग्रेस सांसद गीता गुरुङले भनिन्– सरकारले ९ जना सुकुम्बासीको ज्यान लियो

आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद गुरूङले सुकुम्बासी बस्तीमा डोजर चलाउने सरकारी कदमले मानवीय संवेदनाको खिल्ली उडाएको र यसबाट हालसम्म ९ जनाले ज्यान गुमाएको दाबी गरिन्।
सुदूरपश्चिमका मुख्यमन्त्रीले त्यसपछि हटाए एमालेका चार मन्त्री

सुदूरपश्चिमका मुख्यमन्त्रीले त्यसपछि हटाए एमालेका चार मन्त्री

मुख्यमन्त्रीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की, भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मलादेवी...
बालेन सरकारले यो वर्ष १६६ कानुन बनाउँदै,  कानुनमन्त्रीले बुझाइन् विधेयकको सूची

बालेन सरकारले यो वर्ष १६६ कानुन बनाउँदै, कानुनमन्त्रीले बुझाइन् विधेयकको सूची

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ मा निर्माण गरिने कानुनहरुको मस्यौदाको सूची र कार्यतालिका संघीय संसदमा पठाएको छ ।
रास्वपा सांसद लिमा अधिकारीको प्रश्न– रकम नै नतिरी अर्बौंको सेयर कारोबार वर्षौंसम्म कसरी चल्यो?

रास्वपा सांसद लिमा अधिकारीको प्रश्न– रकम नै नतिरी अर्बौंको सेयर कारोबार वर्षौंसम्म कसरी चल्यो?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद लिमा अधिकारीले नेपाल धितोपत्र बोर्ड (सेबोन)को नियामकीय भूमिकामाथि प्रश्न उठाउँदै रकम नै नतिरी अर्बौं रुपैयाँ बराबरको सेयर कारोबार वर्षौंसम्म कसरी सञ्चालन भयो भन्नेबारे...

भर्खरै