नेभिगेशन
समाज

तत्काल उखु किसानको रकम भुक्तानी गर्न सरकारसंग सांसद सिंहको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले तत्काल उखु किसानको भुक्तानी गर्न सरकारसंग माग गरेका छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको शुन्य समयमा सांसद सिंहले चिनी मिलले अझै पनि उखु किसानको बक्यौता भुक्तानी नगरेको भन्दै तत्काल भुक्तानीको व्यवस्था गर्न माग गरेका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

साथै उनले सरकारको अनुदान समेत किसानले प्राप्त गर्न नसकेकाले सरकारले दिने रकम पनि चाँडै उपलब्ध गराउन आग्रह गरेका थिए। उनले रोपाइँको सिजन सुरू हुन लागेको समयमा मलको उपलब्धता हुन नसकेकाले मलको व्यवस्था गर्न पनि माग गरे।

Ncell
Extreme Energy

सांसद सिंहले बागमतीको कटानले सर्लाहीको बरहथवा नगरपालिकाको वडा नम्बर १, २, ३, ४ मा करिब ५० हजारभन्दा बढी नागरिकहरूको उठीबास हुने अवस्था रहेको भन्दै यसतर्फ पनि ध्यान दिन माग गरेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भदौदेखि देशव्यापी आन्दोलन गर्न लागेको शिक्षक महासंघका केके छन् माग?

भदौदेखि देशव्यापी आन्दोलन गर्न लागेको शिक्षक महासंघका केके छन् माग?

नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा सुधारका विषयमा सरकारसँग यसअघि भएका सहमति कार्यान्वयनको माग गर्दै आगामी भदौदेखि पुनः देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ ।
राष्ट्रिय भेला नरोकिने शशांक कोइरालाको स्पष्टोक्ति

राष्ट्रिय भेला नरोकिने शशांक कोइरालाको स्पष्टोक्ति

नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीभित्रको एकता कायम गर्दै मुलुकसामु देखिएका चुनौतीको सामना गर्न राष्ट्रिय भेला आयोजना गर्न लागिएको बताएका छन्...
सदनमा उठ्यो सुनकोशीमा वृद्ध दम्पती बेपत्ता भएको घटना

सदनमा उठ्यो सुनकोशीमा वृद्ध दम्पती बेपत्ता भएको घटना

मण्डनदेउपुर नगरपालिका–७का वृद्ध केदारनाथ पराजुली र उनकी पत्नी तीलकुमारी सुनकोशी नदीमा हेलिएको घटनाले सदनमा पनि प्रवेश पाएको छ ।