नेभिगेशन
समाज

हिमाल आरोहण रोकौँ, चढ्न होइन हेर्न शुल्क तोकौँ: सांसद सुशील खड्का

काठमाडौँ । प्रतिनिधिसभा सांसद सुशील खड्काले पर्यटन विधेयक २०८१ माथि बोल्दै सगरमाथासहित नेपालका हिमालहरूमा बढ्दो फोहोर, अनियन्त्रित पर्वतारोहण र हिमाल संरक्षणको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

मंगलबारको बैठकमा सांसद खड्काले पर्यटन विधेयक २०८१ माथि बोल्दै सगरमाथासहित नेपालका हिमालहरूमा बढ्दो फोहोर, अनियन्त्रित पर्वतारोहण र हिमाल संरक्षणको विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रले रेकर्ड आरोहण र राजस्व संकलनको उत्सव मनाइरहँदा हिमाली क्षेत्रमा बढ्दो फोहोर, शव व्यवस्थापन र वातावरणीय संकटतर्फ पनि गम्भीर ध्यान दिनुपर्ने आवश्यकता रहेको बताएका थिए।

Ncell
Extreme Energy

सांसद खड्काले भने, ‘अहिले सगरमाथालगायतका हिमालहरूमा हजारौँ टन फोहोर र सयौँ शव रहेको अवस्था अत्यन्त चिन्ताजनक छ। हिमालहरूलाई केवल पर्यटनको स्रोत नभई हाम्रो सभ्यता, संस्कृति, पानीको स्रोत र राष्ट्रिय सम्पदाको रूपमा संरक्षण गर्न हाम्रा हिमालहरुलाई बचाउन यस सदन मार्फत सरकारसंग माग गर्दछु।’

त्यस्तै, उनले हिमालमा जसले फोहोर गर्छ उसैले र जुन कम्पनीले छोडेको लाश हो । उसैले फिर्ता ल्याउन अनिवार्य गर्न र यस्तो नगर्नेको लाइसेन्स खारेज गर्ने व्यवस्था गर्नु पर्ने विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । त्यस्तै फोहोरको लागि उठाईने ४००० डलरको डिपोजिट फिर्ता नगर्ने व्यवस्था यहि सिजनदेखि लागु गर्न र सो रकमलाई हिमाल सफाईको लागि जम्मा गर्नु पर्ने सुझाव दिए।

त्यस्तै सांसद खड्काले भुटानले जस्तै नेपालमा पनि ६,००० मि अग्ला हिमाल आरोहण पूर्ण प्रतिबन्द वा हालको व्यवस्थालाई पुनरावलोकन गर्न आग्रह गर्दै हिमाल आरोहणको साटो ट्रेकिङ्ग र रोक् क्ला जस्ता साहसिक पर्यटनलाई प्रोत्साहन गर्ने कार्यमा सुझाव दिएका हुन्। त्यस्तै सांसद खड्काले अब हिमाल चढ्नलाई होइन हेर्नको लागि शुल्क लिने व्यवस्था गरियोस् भन्ने माग सरकारसंग गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
घट्यो अमेरिकी डलरको भाउ, कति पुग्यो ?

घट्यो अमेरिकी डलरको भाउ, कति पुग्यो ?

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १५३ रुपैयाँ २५...
अमेरिका उडेका बालेनलाई रविले भने, हाम्रा सरोकारका सबै विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा उठाउनुस्

अमेरिका उडेका बालेनलाई रविले भने, हाम्रा सरोकारका सबै विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा उठाउनुस्

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालका सरोकारका सबै विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त उठाउन प्रधानमन्त्री वालेन्द्र शाहलाई अनुरोध गरेका छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु गर्दैछ ।
स्थानीय निर्वाचनको तयारीमा जुटे प्रचण्ड र माधव नेपाल, विशेष अभियानको घोषणा

स्थानीय निर्वाचनको तयारीमा जुटे प्रचण्ड र माधव नेपाल, विशेष अभियानको घोषणा

नेपाली कम्युनिष्ट पार्टीले सङ्गठन सुदृढीकरणका लागि दुईमहिने विशेष अभियान सञ्चालन गर्ने भएको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नेकपा संगठन सुदृढीकरणमा जुटेको हो ।