नेभिगेशन
समाज

कार्यविधि विपरित व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई जनताको सेवामा परिचालन गरौंः सांसद महता

काठमाडौँ । प्रतिनिधिसभा सांसद ज्ञानेन्द्र सिंह महताले अति विशिष्ट तथा विशिष्ट व्यक्तिहरूको सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूका समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद महताले राज्यका सुरक्षा निकायमा जनशक्ति अभाव देखिएको अवस्थामा कार्यविधि विपरीत व्यक्तिकेन्द्रित सुरक्षा सुविधा उपलब्ध गराउने अभ्यासको समीक्षा गर्न आवश्यक रहेको बताएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सांसद महताले देशको सुरक्षा अवस्था विगतको तुलनामा सुधार भएको, शान्ति प्रक्रिया टुंगिएको तथा लोकतान्त्रिक संस्थाहरू सुदृढ हुँदै गएको उल्लेख गर्दै सुरक्षा व्यवस्था वास्तविक जोखिम मूल्याङ्कनका आधारमा मात्र निर्धारण हुनुपर्ने धारणा व्यक्त गरेका थिए। सुरक्षा आवश्यकताको वैज्ञानिक मूल्याङ्कन नगरी प्रभाव, पहुँच वा राजनीतिक आधारमा सुरक्षा सुविधा वितरण गरिनु उपयुक्त नहुने उनको भनाइ थियो।

Ncell
Extreme Energy

सांसद महताले ग्रामीण क्षेत्रका प्रहरी चौकी, सीमा सुरक्षा, अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा महिला, बालबालिका र ज्येष्ठ नागरिकको सुरक्षाजस्ता क्षेत्रमा पर्याप्त जनशक्ति अभाव रहेको उल्लेख गर्दै सयौं सुरक्षाकर्मीहरू व्यक्तिकेन्द्रित सुरक्षामा सीमित हुँदा आम नागरिकले प्रत्यक्ष रूपमा सुरक्षा सेवाको अभाव महसुस गरिरहेको बताएका थिए।

उनले अति विशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०८१ को मर्मअनुसार कार्यान्वयन नभएको दाबी गर्दै कार्यविधि विपरीत उपलब्ध गराइएका सम्पूर्ण सुरक्षा सुविधाको निष्पक्ष, पारदर्शी र वस्तुगत समीक्षा तथा छानबिन गर्न सरकारसँग माग गरेका छन्।

सांसद महताले वास्तविक जोखिमका आधारमा मात्र सुरक्षा व्यवस्था कायम गर्न, आवश्यकताभन्दा बढी खटाइएका सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाई प्रहरी चौकी, सीमा सुरक्षा तथा जनताको प्रत्यक्ष सेवामा परिचालन गर्न सरकारसँग आग्रह गर्दै यसबाट राज्यको स्रोत–साधनको सदुपयोग हुनुका साथै आम नागरिकले अनुभूति गर्ने र सुरक्षा थप मजबुत हुने विश्वास व्यक्त गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

अविरल वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने र त्यसबाट सम्भावित दुर्घटना तथा क्षति हुनसक्ने जोखिमलाई ध्यानमा राखेर तराई, भित्री मधेस, पहाड तथा हिमाली क्षेत्रका २५ जिल्लामा...
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

निरन्तर वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुङ्गामाटो बगेर आउँदा स्थानीय केसुराम सारुमगर र रामबहादुर उचईका कच्ची घर पहिराले ढलाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।