नेभिगेशन
समाज

कांग्रेस सचेतकले सोधे– सांसद गीताकुमारीलाई किन निकालियो ? सभामुखले जवाफ दिए– निकालिएको होइन

काठमाडौँ । फोटो खिचेको आरोपमा कांग्रेस सांसद गीताकुमारी सेन्दाङलाई मर्यादापालकले बैठक कक्षबाट बाहिर निकालेको विषयमा प्रतिनिधिसभा बैठकमा कांग्रेस सचेतक निश्कल राई र सभामुख डोलप्रसाद अर्यालबीच सवाल–जवाफ चलेको छ ।

केही समय स्थगित भएपछि पुनः सुरु भएको प्रतिनिधिसभाको बैठकमा सुरुमै कांग्रेस सचेतक राईले सांसद गीताकुमारीलाई मर्यादापालकले किन निकाले ? भनेर सोधेका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले सभामुखले नियमावलीको नियम ३० बमोजिम सभामुखले आदेश दिनुपर्नेमा त्यो नभएको बताए । ‘नियमावलीअनुसार सभामुखले सबैले सुन्नेगरी आदेश दिनुपथ्र्यो, सचेत गराउनु पथ्र्यो, तर, त्यो केही देखिएन’ उनले भने– ‘कानेखुसी गरेर आदेश दिएको भए थाहा भएन, कानेखुसीले सदन चल्न सक्दैन, सभामुखको गरिमा बढ्दैन ।’

Ncell
Extreme Energy

त्यसलगत्तै सभामुख अर्यालले सांसद राईले राखेको विषयमा आफ्नो ध्यानाकर्षण भएको बताए ।

उनले भने– ‘माननीय निश्कल राईले राख्नु भएको विषयमा मेरो ध्यानाकर्षण भएको छ । गीताकुमारी सेन्दाङले सभामुखतर्फ स्पष्ट देखिने गरी फोटो खोज्नु भयो, त्यो मर्यादाविपरीत थियो, सभामुखले आफ्नो ड्यासबाट चेकजाँच गर्न निर्देशन दिएको हो, उहाँहरुले चेकजाँच गर्नु भएको हो, बाहिर निकालिएको छैन।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
घट्यो अमेरिकी डलरको भाउ, कति पुग्यो ?

घट्यो अमेरिकी डलरको भाउ, कति पुग्यो ?

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १५३ रुपैयाँ २५...
अमेरिका उडेका बालेनलाई रविले भने, हाम्रा सरोकारका सबै विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा उठाउनुस्

अमेरिका उडेका बालेनलाई रविले भने, हाम्रा सरोकारका सबै विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा उठाउनुस्

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालका सरोकारका सबै विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त उठाउन प्रधानमन्त्री वालेन्द्र शाहलाई अनुरोध गरेका छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु गर्दैछ ।
स्थानीय निर्वाचनको तयारीमा जुटे प्रचण्ड र माधव नेपाल, विशेष अभियानको घोषणा

स्थानीय निर्वाचनको तयारीमा जुटे प्रचण्ड र माधव नेपाल, विशेष अभियानको घोषणा

नेपाली कम्युनिष्ट पार्टीले सङ्गठन सुदृढीकरणका लागि दुईमहिने विशेष अभियान सञ्चालन गर्ने भएको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नेकपा संगठन सुदृढीकरणमा जुटेको हो ।