नेभिगेशन
समाज

प्रधानमन्त्री बालेनले एक साताभित्र संसद्‍मा सम्बाेधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले एक साताभित्रै प्रतिनिधि सभाको बैठकलाइ सम्बोधन गर्ने भएका छन् । 

संसद्मा प्रतिपक्ष दलहरूले बैठक निरन्तर अवरुद्ध गरेपछि रास्वपाका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले प्रधानमन्त्री बोल्ने समय बारे जानकारी दिएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुर्लाकोटीले प्रधानमन्त्रीको सचिवालय अनुसार प्रधानमन्त्री बालेनले एक हप्ता भित्रै संसद्मा उपस्थित भएर सम्बोधन गर्ने छन् । 

Ncell
Extreme Energy

यस अघिको पहिलो बैठकमा विपक्षी दलहरूले निरन्तर अवरोध गरेपछि १५ मिनेटका लागि संसद् बैठक स्थगित भएको थियो । 

स्थगित भएको समयमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विपक्षी दलहरूबिच सदनको कारबाही सुचारु गराउने सहमति भएको थियो । 

रास्वपा, काँग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपा प्रमुख सचेतकबिच सिंहदरबारमा भएको अनौपचारिक छलफलमा प्रधानमन्त्री बालेनले बोल्ने समय जानकारी गराएपछि  संसदको अवरोध हटाउने सहमति भएको स्रोतले जनाएको छ। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

अविरल वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने र त्यसबाट सम्भावित दुर्घटना तथा क्षति हुनसक्ने जोखिमलाई ध्यानमा राखेर तराई, भित्री मधेस, पहाड तथा हिमाली क्षेत्रका २५ जिल्लामा...
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

निरन्तर वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुङ्गामाटो बगेर आउँदा स्थानीय केसुराम सारुमगर र रामबहादुर उचईका कच्ची घर पहिराले ढलाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।