नेभिगेशन
समाज

किसानलाई क्षेत्रफलका आधारमा रासायनिक मल वितरण गरिने

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले किसानलाई वैज्ञानिक आधारमा रासायनिक मल वितरण गर्ने भएको छ ।

मन्त्रालयले धान खेती गर्ने कृषकलाई रासायनिक मल अभाव हुन नदिन उनीहरूको खेती गर्ने जमिनको क्षेत्रफल तथा उत्पादनको अनुपातमा मल उपलब्ध गराउन लागेको हो । करिब एक लाख ४५ हजार मेट्रिकटन रासायनिक मल मौज्दात रहेको जनाइएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

धान खेतीलाई दृष्टिगत गरी युरिया र डिएपी गरी ४० हजार मेट्रिकटन मल छिट्टै आयात गरिने प्रकृया अघि बढाइएको मन्त्रालयका सूचना अधिकारी लालकुमार श्रेष्ठले जानकारी दिए। किसानलाई मल बिक्री गर्दा डिपोमार्फत वैज्ञानिक आधारमा वितरण गरिने छ ।

Ncell
Extreme Energy

देशभर गत वैशाख ३० गतेसम्म रासायनिक मल करिब एक लाख ४५ हजार मेट्रिकटन मलको मौज्दात रहेको तथा सडक मार्ग भएर चार हजार ५८५ मेट्रिकटन मल आउने क्रममा रहेको जनाइएको छ ।

कृषि सामग्री कम्पनी तथा साल्ट ट्रेडिङ कर्पोरेशनका विभिन्न डिपोमा मौज्दात रहेको मल आपूर्तिलाई सहज तथा वितरण व्यवस्थालाई प्रभावकारी बनाउन आधिकारिक डिपोहरूबाट मात्र मल खरिद गर्न कृषकलाई आग्रह गरिएको छ ।

सरकारले चालू आर्थिक वर्षमा छ लाख मेट्रिकटन मल ल्याउने लक्ष्य राखेको त्यसका लागि २८ अर्ब ८२ करोड १४ लाख रूपैयाँ विनियोजन गरेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए। चालू आर्थिक वर्षमा हालसम्म रासायनिक मल चार लाख ९१ हजार ३०० मेट्रिकटन टेण्डर गरिएको मन्त्रालयले जनाएको छ ।

अन्तरराष्ट्रिय बजारमा रासायनिक मलको उत्पादन लागत वृद्धि भएकाले मलको मूल्य बढेको छ । सरकारले गुणस्तरहीन वा कमसल मलको कारोबार तथा कालोबजारी गर्ने व्यापारीलाई प्रचलित कानुनअनुसार कारवाही गर्ने जनाएको मन्त्रालयले आधिकारिक डिपोबाट गुणस्तर परीक्षण गरेर मात्र मल खरिद गर्न भनेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
शिक्षक महासंघको आन्दोलन नहुने शिक्षामन्त्री पोखरेलको दाबी

शिक्षक महासंघको आन्दोलन नहुने शिक्षामन्त्री पोखरेलको दाबी

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल शिक्षक महासंघले भदौदेखि आन्दोलन घोषणा गरे पनि तत्काल आन्दोलनमा जाने अवस्था आफूले नदेखेको दाबी गरेका छन् ।
हेटौँडा कपडा उद्योग सञ्चालनसँगै कपास खेतीमा जोड, निजी क्षेत्रलाई लगानी गर्न उद्योगमन्त्रीको आह्वान

हेटौँडा कपडा उद्योग सञ्चालनसँगै कपास खेतीमा जोड, निजी क्षेत्रलाई लगानी गर्न उद्योगमन्त्रीको आह्वान

हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याउने तयारीसँगै सरकारले उद्योगका लागि आवश्यक कपास स्वदेशमै उत्पादन गर्ने योजना अघि सारेको छ । उद्योगमन्त्री गौरीकुमारी यादवले कपास खेतीमा निजी क्षेत्र र व्यवसायीलाई...
झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी

झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन् ।
सरकारी सूचना प्रवाह चुस्त बनाउन सम्पादकहरूको सुझाव

सरकारी सूचना प्रवाह चुस्त बनाउन सम्पादकहरूको सुझाव

सरकारी सूचना प्रवाहलाई थप पारदर्शी, सहज र प्रभावकारी बनाउन सरकार र सञ्चारमाध्यमबीचको सम्बन्ध अझ फराकिलो बनाउनुपर्नेमा सम्पादक तथा सञ्चारमाध्यमका प्रतिनिधिले जोड दिएका छन्।