नेभिगेशन
समाज

वर्षौँदेखि सिंहदरबारमा डेरा जमाएका 'दलका कर्मचारी नेता'माथि सरकारको एक्सन, दुर्गम क्षेत्रमा सरुवा

काठमाडौँ । वर्षौँदेखि सिंहदरबार नछाडेका निजामति कर्मचारीका विभिन्न दल सङ्गठनका ‘नेता’हरुलाई सामान्य प्रशासन मन्त्रालयले दुर्गम क्षेत्रमा सरुवा गरेको छ । 
वर्षौँदेखि सिंहदरबारभित्रै गृह मन्त्रालय अन्तरगतको कार्यालयमा दरबन्दी कायम गराएर वर्षौँदेखि काम भन्दा बढी राजनीतिक गतिविधि र अभियानमा खटिएको पाइएपछि २० जनालाई उपत्यका बाहिर सरुवा गरेको मन्त्रालय स्रोतले जनाएको छ । 

निजामति सेवामा कुनै पनि दल पेशागत संगठन खारेज गर्ने निर्णय गरेको सरकारले साविकका सङ्गठनका  नेताहरुलाई दुर्गम क्षेत्रमा खटाएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ट्रेड युनियन खारेज गरेसँगै त्यसविरुद्ध गतिविधि गर्न सक्ने आँकलन गर्दै नायव सुब्बा तहमा कार्यरत उनीहरुलाई सरुवा गरिएको भूमि व्यवस्था, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्रोतले जनाएको छ। 

Ncell
Extreme Energy

कांग्रेस, एमाले र नेकपासहितका दल सत्तामा हुँदा कर्मचारी तन्त्रमा समानान्तर गतिविधि गर्दैै आएका उनीहरूले पछिल्लो समय पनि दलिय अभियान तथा पुरानो शैली नफेरेपछि मन्त्रालयले एक्सन लिएको बुझिएको छ । 

trade-union-leader-693x1024-1779855339.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

अविरल वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने र त्यसबाट सम्भावित दुर्घटना तथा क्षति हुनसक्ने जोखिमलाई ध्यानमा राखेर तराई, भित्री मधेस, पहाड तथा हिमाली क्षेत्रका २५ जिल्लामा...
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

निरन्तर वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुङ्गामाटो बगेर आउँदा स्थानीय केसुराम सारुमगर र रामबहादुर उचईका कच्ची घर पहिराले ढलाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।