नेभिगेशन
समाज

यस वर्ष मल अभाव हुँदैन, किसानहरुले अहिलेसम्मकै बढी मल पाउँछन्ः कृषिमन्त्री चौधरी

काठमाडौँ । कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले यस वर्ष रोपार्इंका लागि मलको अभाव नहुने बताएकी छन् । 

बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले बिभिन्न समयमा उठाएका प्रश्नको जवाफ दिदै मन्त्री चौधरीले अहिलेसम्मकै बढी परिमाणमा किसानहरुलाई मल उपलव्ध गराइने भन्दै यस वर्ष मलको अभाव नहुने दावी गरेकी हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले चालु आर्थिक वर्षमा पाँच लाख ५४ हजार ७६२ मेट्रिक टन रासायनिक मल आपूर्ति भइसकेको र जसमध्ये चार लाख ६३ हजार १०७ मेट्रिक टन मल किसानलाई विक्री गरिसकिएको जानकारी गराइन् । हाल गोदाम र नेपालमा आयात हुँदै गरेको मलसहित एक लाख ४४ हजार ५८५ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको उनले बताइन् । 

Ncell
Extreme Energy

मन्त्री चौधरीले चालु आर्थिक वर्षको असारसम्म लागत साझेदारीका आधारमा कूल ५ लाख मेट्रिक टन मल किसानलाई अनुदानमा उपलब्ध गराइने उल्लेख गरिन् । मध्यपूर्वको द्वन्द्वका कारण मलको उत्पादन र आपूर्तिमा समस्या, मलको मूल्यमा उच्च वृद्धि भएको भन्दै उनले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षको बजेटबाट खर्च हुने गरी मल आपूर्तिका लागि सम्झौता भइसकेको जानकारी दिइन् । उनले पर्याप्त रुपमा मलको आपूर्तिका लागि सम्झौता भएका कम्पनीहरुसँग ताकेता गरिरहेको बताइन् । 

त्यस्तै मन्त्री चौधरीले आगामी आर्थिक बर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य रहेको बताइन् । नेपाल काठमा पूर्ण आत्मनिर्भर हुने भन्दै नेपाली बजारको माग पुरा गरेर मात्रै काठ निर्यात गरिने उनको भनाई छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

अविरल वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने र त्यसबाट सम्भावित दुर्घटना तथा क्षति हुनसक्ने जोखिमलाई ध्यानमा राखेर तराई, भित्री मधेस, पहाड तथा हिमाली क्षेत्रका २५ जिल्लामा...
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

निरन्तर वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुङ्गामाटो बगेर आउँदा स्थानीय केसुराम सारुमगर र रामबहादुर उचईका कच्ची घर पहिराले ढलाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।