नेभिगेशन
समाज

मुस्लिम धर्मालम्बीहरुको महान् पर्व बकर इदको अवसरमा नमाज पढ्दै(तस्बिरहरु)

काठमाडौँ । मुस्लिम धर्मालम्बीहरुको महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिद तथा इदगाहमा हर्षोल्लासका साथ मनाएका छन् । पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरूले रमजान पर्व (इदुल फित्र) सम्पन्न भएको करिब ७० दिनपछि बकर इद मनाउने परम्परा रहिआएको छ । इस्लामिक पात्रोअनुसार १२औँ महिना दिल हिज्जाको १०औँ दिन यो पर्व मनाइन्छ । यस दिन मुस्लिम समुदायका मानिस बिहानै स्नान गरी नजिकैका मस्जिद तथा इदगाहमा पुगेर सामूहिक नमाज अदा गर्छन् । नमाजपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गर्ने चलन छ । बकर इदका अवसरमा मक्का–मदिना पुगेर हज गर्नु शुभ मानिन्छ । तर विभिन्न परिस्थितिका कारण विदेश यात्रा गर्न नपाएका धेरै श्रद्धालुले यस वर्ष घरमै बसेर पर्व मनाउने भएका छन् । पर्वलाई धार्मिक मर्यादासहित सुरक्षित रूपमा मनाउन मस्जिद, इदगाह तथा अन्य धार्मिकस्थलमा आवश्यक सावधानी अपनाइएको छ । यस अवसरमा अल्लाहप्रति आस्था र समर्पण व्यक्त गर्न धर्मले जायज मानेका जनावरको कुर्बानी (बलि) दिने प्रचलन रहेको छ । धार्मिक मान्यताअनुसार अल्लाहका नबी इब्राहिमले आफ्ना प्रिय पुत्रलाई कुर्बानी दिनुपर्ने आदेश पाएपछि पूर्ण समर्पणका साथ त्यसलाई स्वीकार गरेका थिए । उनको निष्ठा र विश्वासबाट अल्लाह प्रसन्न भई अन्ततः मानवको सट्टा जन्नतमा पालिएको दुम्बाको कुर्बानी भएको विश्वास गरिन्छ । यही घटनाको सम्झनामा मुस्लिम समुदायले बकर इदमा कुर्बानी दिने परम्परा कायम राखेका छन् । धार्मिक विश्वासअनुसार इब्राहिमले सन्तान प्राप्तिको कामना गर्दै अल्लाहसँग मनोकामना गरेका थिए । सन्तान प्राप्त भएपछि कुर्बानी दिने उनको प्रतिबद्धता थियो । अल्लाहले उनको विश्वास र धैर्यको परीक्षा लिन सपनामार्फत आदेश दिएको र अन्ततः उनको आस्था सफल भएको धार्मिक कथन छ । कुर्बानी गरिएको मासु तीन भागमा बाँड्ने परम्परा छ । एक भाग गरिब तथा विपन्न परिवारलाई, अर्को भाग आफन्त तथा इष्टमित्रलाई र तेस्रो भाग आफ्नै परिवारका लागि राख्ने धार्मिक मान्यता रहेको छ ।
तस्बिरः सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

IMG-20260528-WA0115-1779942253.jpg

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

IMG-20260528-WA0116-1779942253.jpg

Marvel
Extreme Energy

IMG-20260528-WA0117-1779942253.jpg

IMG-20260528-WA0118-1779942253.jpg

IMG-20260528-WA0109-1779942251.jpg

IMG-20260528-WA0114-1779942252.jpg

IMG-20260528-WA0113-1779942252.jpg

IMG-20260528-WA0112-1779942251.jpg

IMG-20260528-WA0108-1779942251.jpg

IMG-20260528-WA0110-1779942251.jpg

IMG-20260528-WA0105-1779942250.jpg

IMG-20260528-WA0106-1779942250.jpg

IMG-20260528-WA0100-1779942249.jpg

IMG-20260528-WA0101-1779942249.jpg

IMG-20260528-WA0104-1779942249.jpg

IMG-20260528-WA0095-1779942248.jpg

IMG-20260528-WA0096-1779942248.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

सरकारका अनुसार क्रिकेट रंगशाला पूर्वाधार विकास मन्त्रालयमार्फत निर्माण गरिनेछ । धनगढीस्थित फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ भने आगामी तीन महिनाभित्र बाँकी सबै रंगशालाको निर्माण प्रक्रिया...
लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले जित्यो पहिलोपटक एनपीएल उपाधि

लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले जित्यो पहिलोपटक एनपीएल उपाधि

सुदूरपश्चिमको जितमा ओपनर जर्ज मुन्सेले विस्फोटक ब्याटिङ गरे । उनले ५४ बलमा अविजित १२५ रन बनाए । उनको इनिङ्समा ७ चौका र ११ छक्का समावेश थिए । अर्का...
परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

सो अवसरमा परराष्ट्रमन्त्री खनालले नेपाल भ्रमणमा रहेका जापानी उपमन्त्री फुजीलाई हार्दिक स्वागत गरे । उनले हालै रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि तत्काल राहत तथा सहयोग उपलब्ध गराएको र पुनःनिर्माणका...
एनपीएल फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

एनपीएल फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

लुम्बिनीका लागि दिलिप नाथले सर्वाधिक ३९ रन बनाए । उनले ३० बलमा ३९ रन बनाउँदै अविजित रहे । त्यस्तै कप्तान रोहितकुमार पौडेलले ३१ बलमा ३० रन बनाए ।