नेभिगेशन
समाज

सेनाद्वारा बेनीमा मनसुन विपद् प्रतिकार्य अभ्यास(तस्बिरहरु)

काठमाडौँ । मनसुनको समयमा हुन सक्ने बाढी, पहिरो तथा डुबानजस्ता प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै म्याग्दीको बेनीमा विपद् प्रतिकार्य प्रदर्शन गरिएको छ । बेनीस्थित म्याग्दी नदीमा आयोजित अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले विपद्का बेला गरिने उद्दार तथा खोज कार्यको डेमो प्रदर्शन गरेको हो । मनसुन सुरु हुनुअघि सुरक्षा निकायबीच समन्वय, तयारी र प्रतिकार्य क्षमताको परीक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ । अभ्यासका क्रममा बाढीमा फसेका व्यक्तिलाई डुंगाको सहायताले सुरक्षित स्थानमा ल्याउने, डोरीको प्रयोग गरेर उद्दार गर्ने, घाइतेलाई प्राथमिक उपचारसहित सुरक्षित स्थानसम्म पुर्‍याउने लगायतका अभ्यास गरिएको थियो । त्यसैगरी पहिरो तथा डुबान प्रभावित क्षेत्रमा उद्धार टोली कसरी परिचालन हुन्छ भन्ने विषय पनि प्रदर्शनमार्फत देखाइएको थियो । कार्यक्रममा आधुनिक उद्धार सामग्री तथा उपकरणको प्रयोगसमेत गरिएको थियो । सुरक्षा निकायका अधिकारीहरूले मनसुनको समयमा नदी किनार तथा पहिरो जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् । उनीहरूले विपद्का बेला अफवाहभन्दा आधिकारिक सूचनामा विश्वास गर्न र आवश्यक परे तत्काल सुरक्षा निकायलाई खबर गर्न अनुरोध गरेका छन् । हरेक वर्ष मनसुनका कारण बाढी, पहिरो र डुबानबाट जनधनको क्षति हुने भएकाले पूर्वतयारीस्वरूप यस्ता अभ्यासलाई प्रभावकारी मानिएको छ । स्थानीयवासी तथा सरोकारवाला निकायको उपस्थितिमा गरिएको उक्त प्रदर्शनले विपद् व्यवस्थापनमा सुरक्षा निकायको तयारी र क्षमता प्रस्तुत गरेको थियो ।
तस्बिरः शिब बोहोरा/नेपाल फोटो लाइब्रेरी

1000041126-1779956555.jpg

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

1000041127-1779956555.jpg

Ncell
Extreme Energy

1000041124-1779956554.jpg

1000041125-1779956554.jpg

1000041121-1779956552.jpg

1000041120-1779956552.jpg

1000041122-1779956553.jpg

1000041123-1779956553.jpg

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मानव अधिकार आयोगको प्रतिवेदनबारे धारणा सार्वजनिक गर्न सरकारसँग कांग्रेसको माग

मानव अधिकार आयोगको प्रतिवेदनबारे धारणा सार्वजनिक गर्न सरकारसँग कांग्रेसको माग

कांग्रेसका प्रवक्ता देवराज चालिसेले आज विज्ञप्ति जारी गर्दै आयोगको प्रतिवेदनका विषयमा सरकारको धारणा माग गरेका हुन् । ‘राष्ट्रिय मानव अधिकार आयोगको सिफारिश बारे सरकारले आफ्नो जवाफदेहितालाई अंगीकार गर्दै...
पन्ध्र लाख ९० हजार हेक्टरमा पुग्यो सिँचाइ सुविधा

पन्ध्र लाख ९० हजार हेक्टरमा पुग्यो सिँचाइ सुविधा

अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आवको मन्त्रालयगत प्रगति विवरणअनुसार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले सङ्घीयस्तरमा सञ्चालन गरेका आयोजनाबाट सिँचाइ सुविधा १५ लाख ९० हजार ३८८ हेक्टरमा पुगेको छ...
तोलामा ५ हजार ५ सय रुपैयाँले घट्यो सुनको मूल्य

तोलामा ५ हजार ५ सय रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८५ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८६५ कायम भएको...
दश महिनाको अवधिमा एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात

दश महिनाको अवधिमा एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात

गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा मूल्यको आधार यो नाका हुँदै रू २५ अर्ब ५३ करोड अर्थात १६ दशमलव ३५ प्रतिशतले वृद्धि भएको हो ।...