नेभिगेशन
समाज

पन्ध्र लाख ९० हजार हेक्टरमा पुग्यो सिँचाइ सुविधा

काठमाडौँ । सरकारको प्रभावकारी व्यवस्थापनका कारण मुलुकभित्र क्रमशः सिँचाइयोग्य क्षेत्रफल विस्तार हुँदै गएको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आवको मन्त्रालयगत प्रगति विवरणअनुसार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले सङ्घीयस्तरमा सञ्चालन गरेका आयोजनाबाट सिँचाइ सुविधा १५ लाख ९० हजार ३८८ हेक्टरमा पुगेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिँचाइयोग्य भूमिमध्ये पाँच लाख ३२ हजार ६५५ हेक्टरमा वर्षभरनै सिँचाइ सुविधा उपलब्ध भएको छ । वर्षभरि नै सिँचाइ सुविधा उपलब्ध गराउनका लागि सरकारले केही ठूला र महत्वपूर्ण आयोजनाहरु अगाडि बढाएको छ ।

Ncell
Extreme Energy

मन्त्रालयका अनुसार, भूमिगत सिँचाइ आयोजनाबाट पाँच लाख ४६ हजार ४४८ हेक्टर सिञ्चित क्षेत्रफल विस्तार भएको छ । लिफ्ट र जलाशय सिँचाइ कार्यक्रमबाट  छ हजार ८८ हेक्टर सिञ्चित क्षेत्रफल विस्तार भएको छ । ठूला तथा मझौला नदीमा एक हजार ५१८ किमी तटबन्ध निर्माण साथै तटबन्ध निर्माणबाट जम्मा १३ हजार ८९१ हेक्टर जग्गा उकास भएको छ ।

भूमिगत सिँचाइ आयोजनाबाट १० लाख ३७ हजार ८४८ हेक्टर सिञ्चित क्षेत्रफल विस्तार भएको छ । जल तथा मौसम विज्ञान विभागतर्फ १९२ जलमापन केन्द्र र ३५५ मौसममापन केन्द्र स्थापना र सञ्चालन भएको छ ।

नदी कटान डुबान तथा पहिरोको जोखिम व्यवस्थापनका लागि महाकाली, कर्णाली, नारायणी, कोशीलगायतका ठूला नदीमा नदी नियन्त्रण कार्यक्रमका लागि चालु आवमा रु पाँच अर्ब ५९ करोड विनियोजन गरिएको छ ।

सोमध्ये महकाली– दार्चुला, कर्णाली, नारायणी, बबई भादा औरही, खाँडो, त्रियुगा, कोशी बक्राहालगायतका नदीमा एक हजार ४९४ दशमलव ७१ किलोमिटर तटबन्ध निर्माण भएको छ । चालु आवको फागुन मसान्तसम्म १५ वटा जोखिमयुक्त बजारको संरक्षण एवं बचावटका कार्यहरु जारी रहेको मन्त्रालयले जनाएको छ ।

जोखिमयुक्त पहिरो पहिचान गरी अध्ययन तथा अनुसन्धान गरी विभिन्न ५३ स्थानमा पहिरो व्यवस्थापन कार्य जारी छ । त्यस्तै, १२ वटा बेसिन गुरुयोजना तयार गरी तीन हजार १६४ वटा लिफ्ट सिँचाइ विस्तार भएको छ । दुई हजार ५५७ हेक्टर सतह सिँचाइको मर्मतसम्भार भएको छ भने १७४ हेक्टर नयाँ सतह सिँचाइ प्रणाली विस्तार भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एसियन गेम्स क्रिकेट छनोट खेल्न जाने टोलीको विदाई

एसियन गेम्स क्रिकेट छनोट खेल्न जाने टोलीको विदाई

त्यस्तै राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल ले एसियन गेम्स क्रिकेट छनोटका लागि नेपाली टोली उत्साहित रहेकाले राम्रो नजिता आउने विश्वास व्यक्त गरे ।
जीवन बिमा शुल्कबाट १ खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट १ खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

कूल बिमा शुल्क २०८१ फागुनसम्मको तुलनामा चालु आवको फागुन मसान्तसम्म १६ दशमलव एक प्रतिशतले वृद्धि भई रु एक खर्ब ६० अर्ब २२ करोड बराबर पुगेको छ । गत...
मानव अधिकार आयोगको प्रतिवेदनबारे धारणा सार्वजनिक गर्न सरकारसँग कांग्रेसको माग

मानव अधिकार आयोगको प्रतिवेदनबारे धारणा सार्वजनिक गर्न सरकारसँग कांग्रेसको माग

कांग्रेसका प्रवक्ता देवराज चालिसेले आज विज्ञप्ति जारी गर्दै आयोगको प्रतिवेदनका विषयमा सरकारको धारणा माग गरेका हुन् । ‘राष्ट्रिय मानव अधिकार आयोगको सिफारिश बारे सरकारले आफ्नो जवाफदेहितालाई अंगीकार गर्दै...
तोलामा ५ हजार ५ सय रुपैयाँले घट्यो सुनको मूल्य

तोलामा ५ हजार ५ सय रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८५ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८६५ कायम भएको...