नेभिगेशन
बजार

एलजी इलेक्ट्रोनिक्सद्वारा डुअलकुल एयर कन्डिसनर सार्वजनिक

काठमाडौँ । LG Electronics ले नेपालमा नयाँ ‘डुअलकुल इन्भर्टर’ रेसिडेन्सियल एयर कन्डिसनर (RAC) सार्वजनिक गरेको छ । कम्पनीले CG Electronics सँगको साझेदारीमा होटल भिभान्ता काठमाडौंमा विशेष कार्यक्रम आयोजना गर्दै नयाँ सिरिज बजारमा ल्याएको हो ।

एलजीले सार्वजनिक गरेको नयाँ एसीमा ‘किलोवाट म्यानेजर’ नामक स्मार्ट विद्युत् व्यवस्थापन प्रविधि समावेश गरिएको छ । कम्पनीका अनुसार उक्त प्रविधिले प्रयोगकर्तालाई विद्युत् खपत नियन्त्रण गर्न, सञ्चालन अवधि निर्धारण गर्न तथा वास्तविक समयमै ऊर्जा उपयोगको निगरानी गर्न सहयोग गर्नेछ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कम्पनीले नेपालमा बढ्दो विद्युत् शुल्क र ऊर्जा बचतको आवश्यकतालाई ध्यानमा राखेर नयाँ उत्पादन विकास गरिएको जनाएको छ ।

Marvel
Extreme Energy

एलजीका अनुसार नयाँ डुअलकुल इन्भर्टर एसीमा डुअल इन्भर्टर कम्प्रेसर प्रयोग गरिएको छ, जसले साधारण नन–इन्भर्टर एसीको तुलनामा ७० प्रतिशतसम्म ऊर्जा बचत तथा ४० प्रतिशतसम्म छिटो चिस्यान प्रदान गर्ने दाबी गरिएको छ ।

एसीमा ‘फ्रिज क्लिन’ सुविधा पनि राखिएको छ, जसले इभापोरेटरभित्र जम्मा हुने धुलो तथा ब्याक्टेरिया हटाएर स्वच्छ हावा प्रवाह सुनिश्चित गर्ने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार परीक्षणका क्रममा उक्त प्रविधिले ९९ प्रतिशतसम्म ब्याक्टेरिया हटाउन सक्षम रहेको देखिएको छ ।

नेपालको मौसम तथा विद्युत् अवस्थालाई ध्यानमा राख्दै नयाँ मोडेलमा गोल्ड फिन एन्टि–कोरोसन कोटिङ, १०० प्रतिशत कपर ट्युब तथा स्टेबलाइजर–फ्री अपरेशनजस्ता सुविधा पनि समावेश गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा बोल्दै सीजी इलेक्ट्रोनिक्सका मार्केटिङ विभागका महाप्रबन्धक गौरव हमालले ऊर्जा दक्षता नेपाली घरपरिवारको प्राथमिकता बन्दै गएको उल्लेख गर्दै एलजीको नयाँ प्रविधिले उपभोक्तालाई विद्युत् खर्च व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप बजार
म्याक्स टाइगरको दशैं धमाकामा नौ जनाले जिते मोटरसाइकल र स्कुटर, अझै २८ विजेता घोषणा हुन बाँकी

म्याक्स टाइगरको दशैं धमाकामा नौ जनाले जिते मोटरसाइकल र स्कुटर, अझै २८ विजेता घोषणा हुन बाँकी

कम्पनीका अनुसार अभियानअन्तर्गत सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर जितेका छन् । त्यस्तै, बनेपाका राजकुमार तामाङ र धादिङका सञ्जोग रिमालले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्...
एनपीएलमा ‘म्यान अफ द म्याच’ बन्ने खेलाडीलाई एक्स्ट्रिमले चाँदीको बल दिने

एनपीएलमा ‘म्यान अफ द म्याच’ बन्ने खेलाडीलाई एक्स्ट्रिमले चाँदीको बल दिने

आठ टोली सहभागी एनपीएलमा एक्स्ट्रिमले सात टोलीसँग प्रायोजन साझेदारी गरेको छ । ती टोलीका उत्कृष्ट खेलाडीलाई चाँदीको बल प्रदान गरिनेछ । एक्स्ट्रिम प्रायोजित दुई टोलीबीच प्रतिस्पर्धा हुँदा दुवै...
क्रिकेट हेर्न ९ शहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

क्रिकेट हेर्न ९ शहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

कम्पनीका अनुसार कात्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुने फ्यान जोनमा ठूला एलईडी स्क्रिनमार्फत एनपीएलका खेल प्रत्यक्ष प्रसारण गरिनेछ। फ्यान जोनमा प्रवेश निःशुल्क हुनेछ।
एनपीएलको तेस्रो संस्करणअघि एक्स्ट्रिम इनर्जी ड्रिङ्कले सार्वजनिक गर्‍यो ‘एक्स्ट्रिम एन्थम’

एनपीएलको तेस्रो संस्करणअघि एक्स्ट्रिम इनर्जी ड्रिङ्कले सार्वजनिक गर्‍यो ‘एक्स्ट्रिम एन्थम’

कम्पनीका अनुसार मैदानमा खेलाडीले गर्ने संघर्ष, प्रत्येक बलमा समर्थकले व्यक्त गर्ने उत्साह र आफ्नो टोलीको जितमा देखिने गर्वलाई समेटेर एन्थम निर्माण गरिएको हो। यसले क्रिकेटको रोमाञ्चलाई संगीतसँग जोड्दै...