नेभिगेशन
समाज

सुशासन र आर्थिक पुनरुत्थान केन्द्रित बजेट सार्वजनिक हुँदै

काठमाडौँ । सुशासन र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर शुक्रबार अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको आयव्ययको विवरण सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै छन्।

नेपालको संविधानमा प्रत्येक वर्ष जेठ १५ गते आगामी आवको बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्थाअनुसार सदनमा आयव्ययको विवरण पेस हुन लागेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अर्थतन्त्रलाई गतिशील बनाउने, निजी क्षेत्रको मनोबल बढाउने, पुँजीगत खर्च विस्तार गर्ने तथा रोजगारी सिर्जनामा जोड दिँदै रु १८ खर्ब ९० अर्बदेखि रु २० खर्बसम्मको बजेट प्रस्तुत गर्ने तयारीमा सरकार रहेको अर्थमन्त्रालयका एक जना वरिष्ठ अधिकारीले जानकारी दिएका छन् ।

Ncell
Extreme Energy

सुशासन र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर बजेट सार्वजनिक हुने उनको भनाइ छ । राष्ट्रिय योजना आयोगले आगामी आवका निम्ति रु १८ खर्ब ९० अर्ब बराबरको बजेट बनाउन सरकारलाई सुझाएको थियो । आयोगले निर्धारण गरेको सीमामा रहेर बजेट तयार गर्न कठिन हुने भएकाले त्यसलाई पुनरवलोकन गर्न सरकारबाट अनुरोध भएपछि राष्ट्रिय स्रोत अनुमान समितिले त्यसलाई बढाएरर्‍याएको थियो ।

सरकारको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्ययोजना, सरकारको नीति तथा कार्यक्रममा तथा संसद्मा प्रस्तुत विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तलाई आधार बनाएर बजेट तयार गरिएको जनाइएको छ ।

सङ्घीय संसद्का दुवै सदनमा सांसदहरूले दिएका सुझाव, सरकारको सुशासनको मार्गचित्र, आर्थिक सुधार, उत्पादन वृद्धि तथा सेवा प्रवाहलाई बजेटको केन्द्रमा राखिएको बताइएको छ ।

सरकारी कर्मचारीको तलब वृद्धि, केही करका दरमा पुनरावलोकन, उद्योग–व्यवसायमैत्री नीति तथा उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रमसमेत बजेटमा समेटिने चर्चा छ । सूचना प्रविधि, साना तथा मझौला उद्योग र लगानी प्रवर्द्धनलाई प्राथमिकता दिइएको जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नारायणीको पुलमा अड्किएको ‘क्रुज’ निकाल्न समस्या, क्रेनको डोरी चुँडिएपछि काम स्थगित

नारायणीको पुलमा अड्किएको ‘क्रुज’ निकाल्न समस्या, क्रेनको डोरी चुँडिएपछि काम स्थगित

पुलको पिल्लरमा क्रुज अड्किएपछि जोखिम हुने भन्दै क्रुजलाई निकाल्ने कोसिस गरिएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले बताए । आज दिनभरि क्रेनको सहायताले क्रुज निकाल्ने कोसिस...
वर्षौंपछि उर्लेको कालीले दियो कहिल्यै नमेटिने पीडा, मुस्ताङदेखि सुस्तासम्म कसरी फैलियो बाढी ?

वर्षौंपछि उर्लेको कालीले दियो कहिल्यै नमेटिने पीडा, मुस्ताङदेखि सुस्तासम्म कसरी फैलियो बाढी ?

मौसम पूर्वानुमान महाशाखादेखि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हरेक दिन, हरेक क्षण मौसमको अपडेट गराइरहे । सम्भावित क्षतिबाट जोगिने उपाय खोज्न र जोखिम कम गर्न भनिरहे...
भोटेकोशी भेलबाढीबारे विश्वभरका वैज्ञानिकका १३ वटा साझा निचोड

भोटेकोशी भेलबाढीबारे विश्वभरका वैज्ञानिकका १३ वटा साझा निचोड

वैज्ञानिकहरूको अध्ययनले पछिल्ला वर्षमा हिमालयमा भइरहेको तापक्रम वृद्धि र त्यससँग जोडिएका भौतिक परिवर्तनलाई भोटेकोशी भेलबाढीको महत्त्वपूर्ण पृष्ठभूमिका रूपमा औंल्याएका छन्।
हिमपहिरो झरेको ३४ दिन बित्दा पनि सरकारले लाङटाङ लिरुङ क्षेत्रमा पठाउन सकेन विज्ञटोली

हिमपहिरो झरेको ३४ दिन बित्दा पनि सरकारले लाङटाङ लिरुङ क्षेत्रमा पठाउन सकेन विज्ञटोली

लाङटाङ लिरूङ क्षेत्रबाट खसेको विशाल हिमपहिरोले तटीय क्षेत्रमा महाविनाश गरेको सोमबार ३४ दिन बित्यो। एक महिना चार दिन बित्न लाग्दा पनि सरकारले हिमपहिरो गएको स्थानमा विज्ञ टोली पठाउन...

भर्खरै