काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज आगामी आर्थिक वर्षका लागि २०८३÷८४ को बजेट सार्वजनिक गर्दै छन् ।
आज अपराह्न ४ बजे बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठक (सङ्घीय संसद्को बैठक) मा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्ने छन् ।
Watch On
झन्डै दुई तिहाइ बहुमत प्राप्त रास्वपा नेतृत्वको वर्तमान एकल सरकारको बजेट ल्याउने अवसर प्राप्त गरेको अर्थमन्त्री वाग्लेले आज कस्तो कस्तो बजेट ल्याउँछ भन्ने धेरैको चासो छ ।
संयोग बस आजको दिन अर्थमन्त्री डा.वाग्लेकालागि थप विशेष छ । अर्थमन्त्रीको आज जन्मदिन समेत हो । सन् 1974 May 29 मा गोरखाको बुङकोटमा जन्मिएका वाग्ले आजबाट ५२ वर्ष लागेका छन् । विक्रमसंवत अनुसार भने उनको जन्मदिन भोलि अर्थात जेठ १६ मा पर्छ ।
जन्मदिनको दिन र बजेट घोषणा एकै दिन परेपछि अर्थमन्त्री उत्साहित छन् । जेन-जी आन्दोलनसँगै भएको राजनीतिक परिवर्तनपछि नेपालको अर्थ मन्त्रालय सम्हाल्ने अवसरका पाएका अर्थमन्त्री डा.वाग्ले ऐतिहासिक बजेटको तयारीमा छन् ।
को हुन् अर्थमन्त्री डा.स्वर्णिम वाग्ले
२०३१ सालमा गोरखामा जन्मिएर विश्वका नीति–निर्माणको केन्द्रसम्म पुगेका एक बौद्धिक व्यक्ति हुन् डा स्वर्णिम वाग्ले । नेपालमा संघीय सांसद रहिसकेका वाग्ले, नीति, अर्थ र विकासको बहसमा गहिरो छाप छोड्ने व्यक्ति समेत हुन् ।
२५ वर्षभन्दा बढी समय अन्तर्राष्ट्रिय विकास क्षेत्रमा बिताएका वाग्लेले विश्व बैंक र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम ९ग्ल्म्ए० जस्ता प्रतिष्ठित संस्थामा वरिष्ठ अर्थशास्त्रीका रूपमा काम गरे ।
न्यूयोर्कस्थित ग्ल्म्ए को एशिया–प्रशान्त क्षेत्रीय ब्युरोको प्रमुख आर्थिक सल्लाहकारका रूपमा उनले ३६ देशको विकास रणनीतिमा प्रत्यक्ष भूमिका खेले । विकासका सूचकाङ्क र बजेटको भाषालाई मानिसको जीवनसँग जोडेर बुझ्ने क्षमता नै उनको पहिचान बन्यो।
उनको बौद्धिक तथ्याङ्कमा आधिारित बहस हालसम्म प्रकाशित किताब र प्रतिवेदनमा स्पष्ट देखिन्छ । क्याम्ब्रिज युनिभर्सिटी प्रेसबाट प्रकाशित The Great Upheaval (2022) जस्तो कृति सह–सम्पादन गर्नु वा Human Development Report 2013: The Rise of the South जस्तो ऐतिहासिक प्रतिवेदन सह–लेखन गर्नुले उनी विश्वस्तरीय विचारक हुुन भन्ने प्रमाण हो । सन् २००२ देखि २००७ सम्म वाग्लेले UNDP Asia Trade Initiative को सह–नेतृत्व गर्दै एशियाली अर्थतन्त्रबीचको व्यापारिक बहसलाई नयाँ ढङ्गले अघि बढाए।
तर, स्वर्णिम वाग्लेको यात्रामा सबैभन्दा अर्थपूर्ण मोड तब आयो, जब उनी देशको नीति–निर्माणमा प्रत्यक्ष जोडिए । सन् २०१४ देखि २०१८ सम्म तीन वर्ष राष्ट्रिय योजना आयोगमा सदस्य हुँदै उनी उपाध्यक्ष बने । नेपालको दीर्घकालीन विकास रणनीति निर्माणमा उनले त्यही समय महत्वपूर्ण नेतृत्व गरे । सरकारको सर्वाेच्च नीति–सल्लाहकार निकायको प्रमुखका रूपमा उनले मन्त्रालयहरूबीच नीति समन्वय गरे, सुधारका प्रयास अघि बढाए र राष्ट्रिय प्राथमिकताहरू स्पष्ट पारे।
सन् २०१५ अर्थात २०७२ सालको विनाशकारी भूकम्पपछि उनी फेरि देशका लागि निर्णायक भूमिकामा देखिए । Post Disaster Needs Assessment (PDNA) को सह–नेतृत्व गर्दै उनले नेपालका क्षति र आवश्यकतालाई अन्तर्राष्ट्रिय समुदायसमक्ष विश्वसनीय ढङ्गले प्रस्तुत गरे। त्यसकै परिणामस्वरूप पुनर्निर्माणका लागि ४ अर्ब अमेरिकी डलरको अन्तर्राष्ट्रिय प्रतिबद्धता जुट्यो— जुन त्यो समयको असाधारण उपलब्धि थियो ।
विचारको थलोका रूपमा चिनिएको क्ष्लकतष्तगतभ ायच क्ष्लतभनचबतभम म्भखभयिऊभलत क्तगमष्भक ९क्ष्क्ष्म्क्० सन् १९७९ देखि नै दक्षिण एशियाली नीति–बहसको केन्द्र मानिदैँ आएको छ । वाग्लेले यस संस्थाको अध्यक्षका रूपमा बौद्धिक संवादलाई निरन्तर जीवन्त राखिरहेका छन् । साथै, उनी काठमाडौँ विश्वविद्यालयका पूर्व सिनेटर समेत हुन् ।
वाग्ले विश्व बैंकको Institute for Integrated Development Studies (IIDS) का सम्मानित सदस्य छन् । उनी विभिन्न गैर–नाफामूलक संस्थालाई सल्लाह पनि दिन्छन् । नेपाली कांग्रेस निकट बौद्धिक समूहमा रहेका डा.वाग्ले २०७९ चैत्र १८ गते औपचारिक रुपमा सो पार्टीबाट बिद्रोह गरे ।
उनको नयाँ राजनीतिक घर बन्यो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) । साधारण सदस्यका रुपमा रास्वपा प्रवेश गरेका वाग्लेलाई सो पार्टीले तनहुँ १ को उपनिर्वाचनमा उम्मेदवार बनाएको थियो । आफैले छोडेको पार्टीको नेता एवम् राष्ट्रपति रामचन्द्र पौडेलको क्षेत्रमा भएको उपनिर्वाचनमा उनले सिङ्गो कांग्रेस पार्टी लाग्दा पनि कांग्रेसकै उम्मेदवारलाई हराउँदैे विधायकी यात्रा तय गरे ।
लोकप्रिय युवा चाहनाको पार्टी भनिए पनि वाग्ले प्रवेश गर्दासम्म रास्वपा बौद्धिक कागजातका आधारमा बलियो राजनीतिक पार्टी बनिसकेको थिएन । तर, डा. वाग्लेले आफ्नो बौद्धिकतालाई पार्टीमा प्रयोग गरे । डा.वाग्लेको व्यक्तित्व र क्षमतालाई सम्मान गर्दै रास्वपाले २०८० मंसिर १६ गते उनलाई ससम्मान उपसभापति बनायो ।
तारे होटलको सेमिनार र एकान्त कोठामा साना बौद्धिक समूहलाई ज्ञान बाँडने वाग्ले अब ठूलो स्वरमा देशका कुुना काप्चामा सुनिन थाले । राजनीतिक रुपमा सदन देखि सडकसम्म र जनताको घरसम्म अर्थशास्त्री डा.स्वर्णिम वाग्ले देखिन थाले । पार्टी राजनीतिमा लागेर काम गर्न सुरु गर्दा नगर्दै उनको पार्टी सभापति रवि लामिछानेमाथि सरकारबाट प्रतिशोधपूर्ण आक्रमण भयो ।
आफूलाई रास्वपा राजनीतिमा डो¥याएका सभापतिलाई प्रतिसोध साँधेर जेल चलान गरेपछि वाग्लेको असली परिक्षा सुरु भयो । रविबारे समाजमा दुुई वटा धार थियो रवि सही की गलत भन्ने । समयक्रममा पार्टीमा पनि यस्तै धार बन्यो । रास्वपालाई सिध्याइदिनुपर्छ भन्नेका लागि एउटै चिन्ता थियो, अब डा.स्वर्णिम वाग्ले कता उभिन्छन् ? संसारलाई सुुनाउन सक्ने खुुबी भएका वाग्लेले लिने निर्णयले रास्वपा र नेपालको वैकल्पिक शक्तिको भविष्य नै निर्णायक मोडमा पुुग्ने अवस्थामा थियो । उनीमाथि मिडिया ट्रायल र शंकाको सुइहरु तेर्सिइन सुुरु भयो । कतिपयले रवि थुन्ने योजनाकार स्वर्णिम हो भने, स्वर्णिमले अब पार्टी कब्जा गर्छन् पनि भने, कतिपयले उनी रास्वपामा बस्दैनन् भन्ने कुप्रचार समेत गरे ।
तर,उनी कार्यबाहक सभापति डोल प्रसाद अर्याल डीपीसँग काँधमा काँध मिलाएर सभापतिमाथि साँधिएको राजनीतिक प्रतिशोध विरुद्ध उभिए । संकटको डीलमा पुुगेको पार्टी जोगाउन र सभापतिलाई खुुला आकाशमा ल्याउने आन्दोलनको राजनीतिक मेर्चाको नेतृत्व नै उनैले सम्हाले । सरकार र कुशासन विरुद्ध खरो प्रतिवाद गरिरहे ।
वाग्ले सहनेतृत्वको रास्वपा बौरिदैँ गयो । समयसँगै रास्वपालाई देशभरबाट जनसर्मथन र माया थपिन थाल्यो । कार्यवाहक सभापति डिपी अर्यालसँग हातमा हात र काँधमा काँध मिलाउँदै उनले प्रलयको आँधीमा फसेको रास्वपाको डुंगालाई किनारा लगाए ।
परिवर्तित राजनीतिक घटनासँगै रास्वपालाई पहिलो शक्ति बनाउने उपाय खोज्न भन्दै रास्वपामा नयाँ नेतृत्वको खोजी थालियो । रविलाई नेतृत्वबाट हटाउने बहश चर्चामा आयो । पार्टीमै पनि अन्य नेताहरुले पार्टी भन्दा बाहिरकालाई सभापति बनाउनुपर्ने अभियान सुरु गरे । तर, डा.वाग्लेले आफ्नो धर्म पुनःनिभाए, पार्टीको बृहत्तर विकासका लागि बरु आफू उपसभापति छोड्न तयार भए तर रविलाई निर्विकल्प सभापतिमा राखिरहन प्रतिवद्ध भए । सभापति आयात गर्ने कुरामा आफू सहमत नभएको भनिरहे ।
त्यतिमात्र होइन आफू प्रधानमन्त्रीको दावेदार र योग्य हुँदाहुँदै पनि उनले रास्वपाकोतर्फबाट निर्वाचन होमिन बालेन वा कुलमानलाई प्रधानमन्त्री मानेर अघि बढ्न तयार भए । भलै बालेनलाई रास्वपामा ल्याउन आफै पहलकदमी लिए । डा.वाग्ले राजनीतिमा दुई कदम अगाडी बढ्नको लागि एक कदम पछि हट्न पनि पछि पर्न नहुने धारणा राख्छन् ।
वाग्लेले पद पाउन वा हत्याउनका लागि उनले छेडखानी र राजनीतिक बेइमानी गरेनन् । वाग्ले नेता बन्ने रहर र लहडले राजनीतिमा आएका व्यक्ति होइनन् भन्ने उनको विगतले देखाउँछ । ऐतिहासिक गोरखाको माटोमा जन्मिएर आफ्नै बलबुँता र क्षमतामा संसारलाई आँखामा आँखा जुधाएर प्राज्ञिकबाटो देखाउने बहशको एउटा विचारक हुन् डा स्वर्णिम वाग्ले जो विश्वको अनुभव, देशको पीडा र भविष्यको सपनालाई जोडेर सोच्ने गर्छन् ।
निर्वाचनपूर्व सिधाकुराले डा.वाग्लेका बारेमा तयार पारेको भिडियो रिपोर्ट:
सरकारले आगामी वर्षभित्र दूरसञ्चार क्षेत्रको नियामकीय संरचनालाई परिमार्जन गर्न दूरसञ्चार प्राधिकरणसम्बन्धी विधेयक संसद्मा पेस गर्ने घोषणा गरेको छ । बजेट वक्तव्यअनुसार नवीनतम् प्रविधिको प्रयोगलाई तीव्रता दिँदै गुणस्तरीय दूरसञ्चार...शुक्रबार, जेठ १५, २०८३
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय संसद्को संयुक्त बैठकमा आज आव २०८३/८४ को वार्षिक आयव्यय प्रस्तुत गर्दै सो जानकारी दिए। देशका प्रमुख सहरहरूमा एकीकृत फोहरमैला व्यवस्थापन, ढलमुक्त नदी अभियान...शुक्रबार, जेठ १५, २०८३
यो बढेसँग अब नेपालमा सुर्तीजन्य पदार्थको करको दर ५१ प्रतिशत पुगेको छ । यसअघि नेपालमा अहिले सुर्तीजन्य पदार्थमा ४१ प्रतिशत मात्र कर लाग्ने गरेको थियो ।शुक्रबार, जेठ १५, २०८३
सरकारले सबै तहका कर्मचारीको तलब बढाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संसदमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै कर्मचारीको तलब समग्रमा २१ प्रतिशतले वृद्धि गरेको...शुक्रबार, जेठ १५, २०८३