नेभिगेशन
समाज

खेलकुद क्षेत्रका लागि चार अर्ब तीन करोड रुपैयाँ बजेट विनियोजन

काठमाडौँ । सरकारले खेलकुद क्षेत्रका लागि रु चार अर्ब तीन करोड बजेट विनियोजन गरेको छ ।

शुक्रबार संघीय संसदमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णीम वाग्लेले खेल पूर्वाधारलाई प्राथमिकतामा राख्दै चार अर्ब बढिको बजेट बिनियोजन गरेको जानकारी दिएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

खेल पूर्वाधारलाई युवा विकास र स्थानीय अर्थतन्त्रसँग जोड्दै आगामी तीन वर्षभित्र कम्तीमा आठ हजार दर्शक क्षमताका दस वटा फुटबल रंगशालालाई फ्लड लाइट सहितको स्तरोन्नति गर्ने मन्त्री वाग्लेले घोषणा गरेका हुन्।

Ncell
Extreme Energy

त्यस्तै उनले प्रमुख आठ सहरमा पाँच वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने र विराटनगर, लहान, काठमाडौँ, पोखरा, बुटवल, सुर्खैत र धनगढीको फापलामा कम्तीमा दुई हजार क्षमताका मल्टिप्रपोज रंगशाला आगामी तीन वर्षभित्र निर्माण गर्ने जानकारी दिए।

मूलपानी क्रिकेट रंगशाला तथा एकडेमी, गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला र कैलालीको फापला क्रिकेट रंगशाला निर्माणका लागि डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तयार गर्ने उनले बताए।

त्यस्तै सरकारले अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई अवकाशपछि सम्मानजनक जीवन जिउन सक्नेगरी आजीवन निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने घोषणा गरेको छ भने सुर्खैतमा दसौँ राष्ट्रिय खेलकुद सम्पन्न गर्न र मधेस प्रदेशमा प्रस्तावित एघारौँ राष्ट्रिय खेलकुदको लागि आवश्यक पूर्वाधार निर्माण गर्न रकम छुट्याएको अर्थमन्त्री वाग्लेले जानकारी दिए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी नदी र दरमखोलामा जलसतहले सतर्कता तह पार गरेको छ।
कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव ३ लाख १६ हजार ७९५ क्युसेक पुगेको छ।
भारी वर्षाको पूर्वानुमानपछि बैतडी र दार्चुलामा यातायात सेवा बन्द

भारी वर्षाको पूर्वानुमानपछि बैतडी र दार्चुलामा यातायात सेवा बन्द

लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि सुदूरपश्चिमका बैतडी र दार्चुलामा यातायात सेवा बन्द गरिएको छ।
खुम्बुमा भारी हिमपात, आइल्यान्ड पिकमा रोकिएका सात विदेशी पर्यटकको उद्धार

खुम्बुमा भारी हिमपात, आइल्यान्ड पिकमा रोकिएका सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा पुगेका पर्यटकको आवागमन प्रभावित भएको छ। हिमपातका कारण सगरमाथा क्षेत्रको इम्जा छे (आइल्यान्ड पिक) मा रोकिएका सात विदेशी पर्यटकको...