नेभिगेशन
समाज

राष्ट्रसेवक कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि, साउन १ गतेदेखि लागू हुने

काठमाडौँ । सरकारले राष्ट्रसेवक कर्मचारीको तलब २१ प्रतिशत वृद्धि गरेको छ । शुक्रबार संघीय संसदमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले पछिल्लो चार वर्षदेखि राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि नभएकाले पारिश्रमिक सुविधा पुनरावलोकन गरिएको जानकारी दिएका हुन्।

कर्मचारीले हाल प्राप्त गरिरहेको महँगी भत्तालाई निरन्तरता दिँदै सुरु स्केलमा दश प्रतिशत तलब वृद्धि गरेको उनले जानकारी दिएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले कार्य सम्पादनमा आधारित पारिश्रमिक प्रणालीको सुरुवात गर्न नयाँ तलबमानको दश प्रतिशत मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरेको बताए।

Ncell
Extreme Energy

यसबाट यसबाट हाल खाइपाइ आएको पारिश्रमिकमा करिब २१ प्रतिशत खुद वृद्धि भइ ग्रेडसहित सहित न्यूनतम पारिश्रमिक करिब रु चालिस हजारदेखि रु एक लाख माथि कायम हुने मन्त्री वाग्लेले जानकारी दिए। नयाँ तलब २०८३ साउन १ गतेदेखि लागू हुने उनले बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी नदी र दरमखोलामा जलसतहले सतर्कता तह पार गरेको छ।
कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव ३ लाख १६ हजार ७९५ क्युसेक पुगेको छ।
भारी वर्षाको पूर्वानुमानपछि बैतडी र दार्चुलामा यातायात सेवा बन्द

भारी वर्षाको पूर्वानुमानपछि बैतडी र दार्चुलामा यातायात सेवा बन्द

लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि सुदूरपश्चिमका बैतडी र दार्चुलामा यातायात सेवा बन्द गरिएको छ।
खुम्बुमा भारी हिमपात, आइल्यान्ड पिकमा रोकिएका सात विदेशी पर्यटकको उद्धार

खुम्बुमा भारी हिमपात, आइल्यान्ड पिकमा रोकिएका सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा पुगेका पर्यटकको आवागमन प्रभावित भएको छ। हिमपातका कारण सगरमाथा क्षेत्रको इम्जा छे (आइल्यान्ड पिक) मा रोकिएका सात विदेशी पर्यटकको...