नेभिगेशन
समाज

मध्यपहाडी लोकमार्गका १२ स्थानमा सहर निर्माण गर्न बजेट विनियोजन

काठमाडौँ । नेपाल सरकारले मध्यपहाडी लोकमार्ग आसपासका १२ स्थानमा पहिचानयुक्त सहर निर्माण गर्न जग्गा विकास र पूर्वाधार निर्माणलाई निरन्तरता दिन आगामी आर्थिक वर्षको बजेटमा रु एक अर्ब ८३ करोड विनियोजन गरेको छ ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय संसद्को संयुक्त बैठकमा आज आव २०८३/८४ को वार्षिक आयव्यय प्रस्तुत गर्दै सो जानकारी दिए। देशका प्रमुख सहरहरूमा एकीकृत फोहरमैला व्यवस्थापन, ढलमुक्त नदी अभियान र नदी किनारामा हरियाली प्रवर्द्धनका लागि रु चार अर्ब १९ करोड विनियोजन गरेको उनले बताए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जेनजी आन्दोलनका क्रममा क्षति भएका सरकारी भवनको प्रबलीकरण तथा पुनर्निर्माणलाई प्राथमिकता दिने सरकारको योजना छ । त्यस्तै जाजरकोट तथा रुकुमपश्चिमलगायतका जिल्लामा भूकम्पबाट क्षतिग्रस्त निजी आवास र सरकारी भवन पुनर्निर्माण सम्पन्न गर्न आवश्यक स्रोत विनियोजन गरिएको छ ।

Ncell
Extreme Energy

अर्थमन्त्री डा वाग्लेले हालसम्म सडक सञ्नजोडिएका स्थानीय तहका केन्द्रलाई राष्ट्रिय राजमार्ग वा नजिकको प्रदेश राजधानीसँग सर्वयाम सञ्चालन हुने सडकमा जोड्नेगरी स्थानीय तह केन्द्र पहुँच सुधार कार्यक्रम अगाडि बढाउने बताए।

त्यसैगरी, नागरिकलाई आधारभूत यातायात सेवामा पहुँच बढाउन बढीमा ३० मिनेटको पैदलयात्राको दूरी नबढ्नेगरी झोलुङ्गे पुल निर्माण गर्न रु पाँच अर्ब १४ करोड बजेट विनियोजन गरिएको छ ।

राष्ट्रिय आवास कम्पनी लिमिटेडअन्तर्गत आवासीय परियोजना संचालन गर्न पहिलो चरणमा झापाको मेचीनगर नगरपालिकामा १०० वटा भवन निर्माण गरी सर्वसाधारणलाई बिक्रीवितरण गरिने उनको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सामाजिक सद्भाव खलल पुर्‍याउने ३६ जना परे पक्राउ

सामाजिक सद्भाव खलल पुर्‍याउने ३६ जना परे पक्राउ

साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले तराईका विभिन्न पाँच जिल्लाबाट आज ३६ जनालाई पक्राउ गरेको छ ।
यी स्थानमा छ आज भारी वर्षाको सम्भावना

यी स्थानमा छ आज भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा दक्षिणतिर र पूर्वी नेपालमा सरदर स्थानको आसपास रहेकाले आज देशका विभिन्न क्षेत्रमा वर्षाको...