नेभिगेशन
सबै कुरा

स्थिति नियन्त्रणमा आइनसकेको भन्दै सर्लाहीको बरहथवामा लम्ब्याइयो कर्फ्यु समय

सर्लाही : शुक्रबार बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नती गर्ने विषयलाई लिएर चर्किएको विवादले प्रदर्शनका क्रममा प्रहरीको गोलीबाट एकजनाको मृत्यु भएपछि पुनः विरोध प्रदर्शन शुरु भएपछी निषेधाज्ञा लम्बाइएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरीको गोलीबाट सर्लाही बरहथबा–६ का जयशंकर साहको शुक्रबार मृत्यु भएको थियो । सरकारले १० लाख  क्षतिपुर्ती दिने र घटनाको छानविनका लागी समिति गठन गरेपनि मृत्यु भएको साहको शव अझैसम्म उठन सकेको छैन् ।  

Ncell
Extreme Energy

प्रहरीले निर्दोष व्यक्तिलाई गोली हानी हत्या गरेको भन्दै मृतकका परिवारहरुले प्रदर्शनलाई निरन्तरता दिएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले आइतबार १२ः४५ बजेदेखि सोमबार बिहान ८ बजेसम्मका लागी कर्फ्यु थपेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल धमलाले जानकारी दिएका छन् ।

कर्फ्युको समयमा कुनै पनि किसिमको भेला गर्न, बाहिर हिँडडुल गर्न तथा सभा एवं सामुहिक गतिविधि गर्न नपाउने बताइएको छ ।

प्रशासनले बरहथवा नगरपालिकाको पूर्वमा सीतापुर जाने बाटोको ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा चोर्निया पुलसम्म निषेधाज्ञा जारी गरेको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण ‘थिम’ रहेको उक्त ग्लोबल गभर्नेन्स सम्मेलन यही अक्टोबर २३ देखि २५ सम्म आयोजना हुँदैछ ।
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
खिलराजले भने– देशमा अस्थिरता मच्चाउने षड्यन्त्र भइरहेको छ

खिलराजले भने– देशमा अस्थिरता मच्चाउने षड्यन्त्र भइरहेको छ

उनले भनेका छन्– ‘देशलाई कुनै न कुनै रूपले अस्थिरता तिर धकेल्न हौवा पिटाउने, षडयन्त्रकारी तत्त्वहरू बेला बेला टाउको उठाउन खोज्ने प्रवृत्ति देखा पर्नु दुर्भाग्यपूर्ण विषय हो । त्यस्ता...