नेभिगेशन
सबै कुरा

स्थिति नियन्त्रणमा आइनसकेको भन्दै सर्लाहीको बरहथवामा लम्ब्याइयो कर्फ्यु समय

सर्लाही : शुक्रबार बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नती गर्ने विषयलाई लिएर चर्किएको विवादले प्रदर्शनका क्रममा प्रहरीको गोलीबाट एकजनाको मृत्यु भएपछि पुनः विरोध प्रदर्शन शुरु भएपछी निषेधाज्ञा लम्बाइएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरीको गोलीबाट सर्लाही बरहथबा–६ का जयशंकर साहको शुक्रबार मृत्यु भएको थियो । सरकारले १० लाख  क्षतिपुर्ती दिने र घटनाको छानविनका लागी समिति गठन गरेपनि मृत्यु भएको साहको शव अझैसम्म उठन सकेको छैन् ।  

Ncell
Extreme Energy

प्रहरीले निर्दोष व्यक्तिलाई गोली हानी हत्या गरेको भन्दै मृतकका परिवारहरुले प्रदर्शनलाई निरन्तरता दिएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले आइतबार १२ः४५ बजेदेखि सोमबार बिहान ८ बजेसम्मका लागी कर्फ्यु थपेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल धमलाले जानकारी दिएका छन् ।

कर्फ्युको समयमा कुनै पनि किसिमको भेला गर्न, बाहिर हिँडडुल गर्न तथा सभा एवं सामुहिक गतिविधि गर्न नपाउने बताइएको छ ।

प्रशासनले बरहथवा नगरपालिकाको पूर्वमा सीतापुर जाने बाटोको ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा चोर्निया पुलसम्म निषेधाज्ञा जारी गरेको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शीतलनिवासमा रामचन्द्र, रामवरण र परमानन्दको छलफल

शीतलनिवासमा रामचन्द्र, रामवरण र परमानन्दको छलफल

राष्ट्रपति यादवले सोही विषयमा हिजो साँझ प्रधानमन्त्री बालेन शाहसँग छलफल गरेका थिए ।
तराई–मधेस तनावबारे निष्पक्ष छानबिन गर्न राप्रपाले गरायो सरकारको ध्यानाकर्षण

तराई–मधेस तनावबारे निष्पक्ष छानबिन गर्न राप्रपाले गरायो सरकारको ध्यानाकर्षण

राप्रपाले तराई–मधेसमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली र घाइतेको स्वास्थ्यलाभको कामना गर्दै धनुषाको रघुनाथपुरस्थित हनुमान मन्दिरका रेखदेखकर्ताको रहस्यमय हत्याको कडा निन्दा गरेको छ । प्रहरीको गोली प्रहारबाट नागरिकको ज्यान...
सुकुम्बासी बस्तीका बालबालिकाको शिक्षामा कुनै कमी हुन दिँदैनौँ : शिक्षा तथा खेलकुदमन्त्री पोखरेल

सुकुम्बासी बस्तीका बालबालिकाको शिक्षामा कुनै कमी हुन दिँदैनौँ : शिक्षा तथा खेलकुदमन्त्री पोखरेल

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौं उपत्यकामा सुकुम्बासी बस्ती हटाउँदा प्रभावित भएका बालबालिकाको शिक्षामा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएका छन् ।
प्रधानमन्त्री बालेन र मधेशका सांसदबीच के भयो छलफल ?

प्रधानमन्त्री बालेन र मधेशका सांसदबीच के भयो छलफल ?

प्रधानमन्त्री बालेन शाहले सुनसरी लगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर एवं योजनाबद्ध रूपमा लागिपरेको...