नेभिगेशन
समाज

टिकटकर तुलसीलाई इन्टरपोलले थाइल्यान्डमा पक्राउ गरी नेपाल पठायो

काठमाडौँ । तुलसा कलेक्सनका नाममा ठगी गरेको आरोपमा तुलसी अधिकारी पक्राउ परेकी छन् ।

अन्तर्राष्ट्रिय प्रहरी सन्जाल (इन्टरपोल)को सहयोगमा थाइल्यान्डमा पक्राउ परेकी उनलाई शनिबार काठमाडौँ ल्याइएको जिल्ला प्रहरी ललितपुरका एसपी गौतम मिश्रले बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनीविरुद्ध जिल्ला अदालत, ललितपुरमा सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दा विचाराधीन छ । उनीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो । उनी भागेर विदेश गएको खुलेपछि रेड नोटिस जारी भएको थियो ।

Ncell
Extreme Energy

उनीविरुद्ध प्रहरी वृत्त सातदोबाटोमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा गत साउनमै उजुरी परेको थियो ।

अनुसन्धानको क्रममा खाता जाँच गर्दा ठूलो रकमको कारोबार भेटिएपछि सम्पत्ति शुद्धीकरणको पनि अनुसन्धान अघि बढाइएको थियो ।

सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’ का सञ्चालक कुमार चिमोरियाले तुलसामाथि सातदोबाटो प्रहरी वृत्तमा जाहेरी दिएका थिए । उनलाई अहिले केहीबेरमा अदालतमा लगिने एसपी मिश्रले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

जलवायु सङ्कटबाट प्रभावित गरिब मुलुकलाई केवल ऋण वा साना अनुदानको टुक्रे व्यवस्थाले पुग्न नसक्ने भन्दै विश्वबाट पर्याप्त अनुदानमा आधारित सहयोग आवश्यक रहेको र यसका लागि हाल विश्वमा विद्यमान...
भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

अहिले सडक विभाग र नेपाली सेनाले कतिपय स्थानमा बेलिब्रिज निर्माण तथा सडकको ट्र्याक खोल्ने काम अघि बढाइरहेका छन् । तर स्थायी पुल निर्माण नहुँदासम्म बाढी प्रभावित क्षेत्रका स्थानीयले...
नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी नदी र दरमखोलामा जलसतहले सतर्कता तह पार गरेको छ।
कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव ३ लाख १६ हजार ७९५ क्युसेक पुगेको छ।