नेभिगेशन
समाज
रास्वपा

रास्वपाको भरतपुर महानगर सभापतिमा सीता ज्ञवाली निर्वाचित

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकाको रास्वपा सभापतिमा सीता ज्ञवाली चुनिएकी छिन् । 

संस्थापनकालदेखिकै महानगर सभापति रहेकी ज्ञवाली दोस्रो कार्यकालका लागि दोहोरिएकी छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभापतिका प्रत्यासी सुभाष गैरेलाई ७९ मत अन्तरले पछि पार्दै ज्ञवाली पुनःसभापति बनेकी छिन् । ज्ञवालीले ३३५ र गैरेले २५६ मत पाएका छन् ।

Ncell
Extreme Energy

उनलाई सर्वसम्मत बनाउने प्रयास भएपनि अन्तिम अवस्थामा निर्वाचन भएको थियो । यसैगरी उपसभापतिमा दिवाकर श्रेष्ठ ३६६ मतसहित विजयी भए । अर्का प्रत्यासी इन्दिरा बरालले २०९ मत पाइन् ।

सहसचिवमा शिवराज सुवेदी ४२६ मतसहित विजयी हुँदा बोधननाथ सुवेदीले १३० मत पाए ।

सदस्यहरुमा सुनिता तिवारी, इन्दिरा अर्याल, गीता रायमाझी, उषा शर्मा, शान्तिमाया थापा क्षेत्री, एन्जिला अधिकारी, सिता कुमारी पौडेल, सन्त कुमारी चापागाईं र संगिता बराली चयन भएका छन् ।

यसैगरी अनिल जिसी, नन्दप्रसाद भट्ट, दयाराम सुवेदी, नरसिंह भण्डारी, यामलाल उपाध्याय, सुमन सुवेदी, भरत घिमिरे पनि सदस्य निर्वाचित भएका छन् ।

महाधिवेशन प्रतिनिधिहरुमा ध्रुव केसी, निर्देश श्रेष्ठ र डिल्लीराज भण्डारी चुनिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
करदाता प्रोत्साहन: उपहारमा १० लाख जित्ने हेमराज र एक लाख विजेता सपनालाई अर्थमन्त्री स्वर्णिम वाग्लेको बधाई फोन

करदाता प्रोत्साहन: उपहारमा १० लाख जित्ने हेमराज र एक लाख विजेता सपनालाई अर्थमन्त्री स्वर्णिम वाग्लेको बधाई फोन

आन्तरिक राजस्व विभागको आयोजनामा अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी अर्थमन्त्री डा. वाग्लेले १५ जना १–१ लाख रुपैयाँका विजेता र १ जना १० लाख रुपैयाँ विजेता उपभोक्ता छनोट गरेका...
ओलीको ‘हप्कीदप्की’पछि गुण्डुमै ढलेका जेएनलाई भेट्न वीर अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी

ओलीको ‘हप्कीदप्की’पछि गुण्डुमै ढलेका जेएनलाई भेट्न वीर अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी

नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया (जेएन)लाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वीर अस्प्ताल पुगेकी छन् । पूर्वराष्ट्रपति भण्डारी शुक्रबार थपलियालाई भेट्न पुगेकी हुन् ।
अजित मिजार हत्या प्रकरण– न्यायको माग गर्दै मन्त्री बादी र सचेतक परियारसँग परिवारको भेट

अजित मिजार हत्या प्रकरण– न्यायको माग गर्दै मन्त्री बादी र सचेतक परियारसँग परिवारको भेट

अन्तरजातीय प्रेम विवाह गरेको केही समयपछि रहस्यमय मृत्यु भएका काभ्रेका अजित मिजारको परिवारले १० वर्षपछि पनि न्याय नपाएको भन्दै नयाँ सरकारसँग न्यायको पहल गर्न आग्रह गरेको छ ।...
२५० रुपैयाँको सामान किन्ने हेमराज जोशीले जिते १० लाख

२५० रुपैयाँको सामान किन्ने हेमराज जोशीले जिते १० लाख

करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको १० लाख रुपैयाँको बम्पर उपहार कञ्चनपुर पुनर्वासका हेमराज जोशीले जितेका छन् ।

भर्खरै