नेभिगेशन
बजार

डिशहोम इन्टरनेटकाे ब्रान्ड एम्बेसेडरमा अभिनेत्री दिव्या रायमाझीकाे निरन्तरता

काठमाडौँ । डिशहोम इन्टरनेटले ब्रान्ड एम्बेसेडरमा अभिनेत्री दिव्या रायमाझीलाई निरन्तरता दिएको छ । 

डिशहोम इन्टरनेट र रायमाझीबीच डिशहोमको कपोरेट कार्यालय, भैँसेपाटीमा ब्रान्ड एम्बेसेडर सम्झौता नवीकरण सम्पन्न भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सम्झौतामा डिशहोमको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रसन्न पोख्रेल तथा अभिनेत्री दिव्या रायमाझीले हस्ताक्षर गरेका हुन् । डिशहोम इन्टरनेटले डिजिटल कनेक्टिभिटी, युवा पुस्तासँगको भावनात्मक सम्बन्ध तथा आधुनिक डिजिटल जीवनशैलीलाई प्राथमिकतामा राख्दै आफ्नो ब्रान्ड यात्रालाई निरन्तर अघि बढाइरहेको जनाएको छ । 

Ncell
Extreme Energy

कम्पनीका अनुसार, युवामाझ लोकप्रिय, आत्मविश्वासी तथा नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने व्यक्तित्वका रूपमा दिव्या रायमाझीसँगको सहकार्यलाई निरन्तरता दिइएको हो ।

यस अवसरमा डिशहोमले आगामी डिजिटल अभियानहरू, ग्राहक केन्द्रित सेवाहरू तथा विशेष मनोरञ्जनमूलक कार्यक्रमहरूमा पनि रायमाझीसँग सहकार्य गर्दै जाने जनाएको छ । 

डिशहोमले हाल देशभर उच्च गतिको इन्टरनेट तथा डिजिटल टेलिभिजन सेवा प्रदान गर्दै आएको छ। 

सम्झौता नवीकरणपछि अभिनेत्री दिव्या रायमाझीले डिशहोमसँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुशी लागेको बताउँदै नेपाली दर्शक तथा डिजिटल प्रयोगकर्तासँग अझ नजिक भएर जोडिन पाउने विश्वास व्यक्त गरिन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप बजार
इनड्राइभको फााइनान्सियल लिटरेसी कोर्समा २,५०० भन्दा बढी ड्राइभर पार्टनर सहभागी

इनड्राइभको फााइनान्सियल लिटरेसी कोर्समा २,५०० भन्दा बढी ड्राइभर पार्टनर सहभागी

इनड्राइभ एपको ड्राइभर मोड ड्राइभर एकेडेमी मार्फत उपलब्ध यो कोर्स ड्राइभर पार्टनरको दैनिक आर्थिक आवश्यकतालाई ध्यानमा राखेर तयार गरिएको हो । विशेषगरी दैनिक रूपमा आम्दानीमा उतारचढाव हुन सक्ने...
चाडपर्व लक्षित होण्डाले ल्यायो ‘FESTIVE OFFER HONDA को सफर’, नयाँ कार किन्दा १० लाखसम्म आकर्षक छुट

चाडपर्व लक्षित होण्डाले ल्यायो ‘FESTIVE OFFER HONDA को सफर’, नयाँ कार किन्दा १० लाखसम्म आकर्षक छुट

त्यसैगरी, पुरानो गाडी साटेर नयाँ होण्डा कार लिन चाहने ग्राहकहरुका लागि सजिलो तथा अन-द-स्पट एक्सचेन्ज सुविधाका साथै आकर्षक एक्सचेन्ज बोनसको समेत व्यवस्था यस योजनामा गरिएको छ । नयाँ...
दुबई–पोखरा सीधा उडान सुरु गरेकाे ‘फ्लाई दुबई’लाई पोखरामा यसरी गरिँदैछ स्वागत

दुबई–पोखरा सीधा उडान सुरु गरेकाे ‘फ्लाई दुबई’लाई पोखरामा यसरी गरिँदैछ स्वागत

फ्लाई दुबईले दुबई–पोखरा–दुबई सीधा उडान सेवा सुरु गरेका अवसरमा पोखरामा आयोजना गर्न लागिएको औपचारिक स्वागत समारोह भने संयुक्त अरब इमिरेट्स (यूएई) का राजपरिवारका सदस्य शेख अहमद बिन राशिद...
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने

एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने

कार्यक्रमलाई सम्बोधन गर्दै दत्ताले भने, ‘देशभर फैलिएको एनसेलको व्यापक नेटवर्क र पर्यटन क्षेत्रमा नाटोको विविधतायुक्त पहुँचलाई उपयोग गर्दै यो साझेदारीले नेपाल आउने पर्यटकहरूको यात्रा अनुभव अविश्मरणीय बनाउने विश्वास...