नेभिगेशन
समाज
नेपालफ्याक्टचेकले गरेको तथ्य जाँच

५० युनिटभन्दा बढी विद्युत् खपतमा १३ प्रतिशत भ्याट भन्दै सञ्चार माध्यमले फैलाए भ्रम!

५ प्रतिशत मात्रै भ्याट लगाउने निर्णय

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत ५० युनिटभन्दा बढी विद्युत् खपतमा १३ प्रतिशतका दरले मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय गरेको भन्दै अनलाइनखबर, सेतोपाटी नामक सञ्चारमाध्यममा समाचारहरू प्रकाशित भएका छन्। तर, नेपालफ्याक्टचेकको तथ्य जाँचले १३ प्रतिशत नभई ५ प्रतिशत मात्रै भ्याट लगाउने निर्णय गरेको पुष्टि गरेको छ।

नेपालफ्याक्टचेकले गरेको तथ्य जाँच

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

के हो दाबी ?
आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य सार्वजनिक भएलगत्तै अनलाइनखबर, सेतोपाटी, बिजखबर लगायतका मूलधारका अनलाइन सञ्चारमाध्यम र सामाजिक सञ्जालमा “मासिक ५० युनिटभन्दा बढी विद्युत् खपतमा १३ प्रतिशत भ्याट लाग्ने” दाबीसहितका समाचारहरू सम्प्रेषण गरिएका छन्।

Ncell
Extreme Energy

बजेट र करको दर जस्तो आम नागरिकको भान्सा र आर्थिक भारसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यो समाचार सार्वजनिक हुनासाथ सामाजिक सञ्जालमा तीव्र आक्रोश र संसय उत्पन्न भएको देखिन्छ। 
चर्चीत सञ्चारमाध्यमले नै यो समाचार प्राथमिकताका साथ सेयर गरेपछि फेसबुक र एक्स (ट्विटर) मा यसलाई लिएर हजारौँ प्रतिक्रिया र संसय उत्पन्न भएपछि नेपालफ्याक्टचेकको तथ्य जाँच गरेको छ । 

के हो तथ्य ?
सञ्चारमाध्यममा आएका दाबीको सत्यता जाँच्न नेपालफ्याक्टचेकले तथ्य जाँचको मुख्य प्राथमिक स्रोतको रूपमा शुक्रबार संसद्‍मा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य र आर्थिक विधेयक, २०८३ को अध्ययन ग‍रेको छ ।

बजेट वक्तव्यको व्यवस्था

बजेट वक्तव्यको बुँदा नम्बर ६९ को ‘स्वेच्छिक अनुपालन र करको दायरा विस्तार’ अन्तर्गत उपबुँदा ‘ख’ मा भनिएको छस्

“अन्तिम तहको उपभोक्तालाई बिक्री गरिने मासिक ५० युनिट भन्दा बढीको विद्युत् खपतमा सहुलियत दरमा मूल्य अभिवृद्धि कर लगाउने व्यवस्था गरिएको छ।”

बजेट वक्तव्यमा ‘सहुलियत दर’ भनिए पनि निश्चित प्रतिशत खुलाइएको थिएन, जसका कारण सञ्चारमाध्यमहरूले सामान्यतया लाग्ने नेपालको नियमित भ्याट दर ९१३ प्रतिशत० लाई नै आधार मानी समाचार लेखेको देखिन्छ।

बजेट वक्तव्यमा ‘मूल्य अभिवृद्धि करमा बहुदरको सान्दर्भिकताबारे अध्ययन गरी सुझाव पेश गर्न उच्चस्तरीय सुझाव समिति गठन गर्नेछौँ’  (लिखित वक्तव्यको तेस्रो पेजमा) लेखिएकोले पनि मूल्य अभिवृद्धि कर १३ प्रतिशत हुने अनुमान गरिएको देखिन्छ।

हेर्नुहोस्, स्क्रिन सट:

Budget-1780207768.webp

आगामी आर्थिक वर्षको बजेट हेर्न यहाँ क्लिक गर्नुहोस्

आर्थिक विधेयक, २०८३ को स्पष्ट व्यवस्था

हामीले करको वास्तविक दर पहिचान गर्न प्राथमिक कानुनी दस्तावेज ‘आर्थिक विधेयक, २०८३’ को अध्ययन गर्‍यौँ। उक्त विधेयकको बुँदा नम्बर ५५ मा रहेको ‘मूल्य अभिवृद्धि कर ऐन, २०५२ मा संशोधन’ शीर्षकको उपदफा (१ख) मा स्पष्ट रूपमा लेखिएको छस्

“‘अन्तिम उपभोक्तालाई विद्युत् सेवा प्रदान गर्ने व्यक्तिले यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम कर लाग्ने मूल्यमा पाँच प्रतिशतका दरले कर निर्धारण गरी असुल उपर गर्न पर्नेछ।”

हेर्नुहोस्, स्क्रिन सट:

Arthik-Bidhek-1780207803.webp
 

आर्थिक विधेयक हेर्न यहाँ क्लिक गर्नुहोस्

यस कानुनी प्रबन्धबाट सरकारले मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तामाथि सामान्य १३ प्रतिशत नभई, सहुलियत दर अर्थात् ५ प्रतिशत मात्र भ्याट लगाएको स्पष्ट हुन्छ।

तथ्य जाँच
दाबी: सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत ५० युनिटभन्दा बढी विद्युत् खपतमा १३ प्रतिशतका दरले भ्याट लगाउने निर्णय गरेको।

दाबीकर्ता: अनलाइनखबर, सेतोपाटी, बिजखबर, हिमाली पत्रिका लगायतका मूलधारका सञ्चारमाध्यम ।

तथ्य: भ्रामक । सरकारले मासिक ५० युनिटभन्दा बढीको विद्युत् खपतमा मूल्य अभिवृद्धि कर(भ्याट) को दायरामा ल्याएको विषय सही भए पनि करको दर १३ प्रतिशत नभई ५ प्रतिशत मात्र कायम गरिएको आर्थिक विधेयकले पुष्टि गर्दछ। 
सञ्चारमाध्यमहरूले भ्याटको यसअघिको प्रचलित दर (१३%) उल्लेख गर्दा भ्रम सिर्जना भएको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

जलवायु सङ्कटबाट प्रभावित गरिब मुलुकलाई केवल ऋण वा साना अनुदानको टुक्रे व्यवस्थाले पुग्न नसक्ने भन्दै विश्वबाट पर्याप्त अनुदानमा आधारित सहयोग आवश्यक रहेको र यसका लागि हाल विश्वमा विद्यमान...
भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

अहिले सडक विभाग र नेपाली सेनाले कतिपय स्थानमा बेलिब्रिज निर्माण तथा सडकको ट्र्याक खोल्ने काम अघि बढाइरहेका छन् । तर स्थायी पुल निर्माण नहुँदासम्म बाढी प्रभावित क्षेत्रका स्थानीयले...
नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी नदी र दरमखोलामा जलसतहले सतर्कता तह पार गरेको छ।
कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव ३ लाख १६ हजार ७९५ क्युसेक पुगेको छ।