नेभिगेशन
समाज

अनिल झा कांग्रेसमा, धवल शमशेरले राप्रपा छाडे

काठमाडौँ । राष्ट्रिय सद्भावना पार्टी नेपाली कांग्रेसमा समाहित भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आज भएको कार्यक्रममा कांग्रेस सभापति गगन थापा र राष्ट्रिय सद्भावना पार्टीका अध्यक्ष नृपेन्द्रकुमार सिंहले पार्टी एकता सम्बन्धी सहमतिमा हस्ताक्षर गरे । लगत्तै सभापति थापाले  राष्ट्रिय सद्भावना पार्टीका नेताहरूलाई पार्टीमा स्वागत गरे । सहमतिअनुसार सभापति थापाले नेता अनिल झालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रिय सद्भावना पार्टीका विभिन्न तहगत संरचनामा रहेका नेता कार्यकर्तालाई नेपाली कांग्रेसमा समायोजनका लागि कांग्रेसका नेता अर्जुननरसिंह केसी र अनिल झा रहेको कार्यदल बनाइएको छ । कार्यदललाई दुई साताको समय दिइएको छ ।

Ncell
Extreme Energy

लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेर अनिलकुमार झाले राष्ट्रिय सद्भावना पार्टी पुनर्गठन गरेका थिए। गत चुनावमा झा कांग्रेसको चुनाव चिन्ह लिएर उम्मेदवार बनेका थिए ।

अर्कोतिर आजै राप्रपा महामन्त्री धवल शमशेर राणाले पार्टी छाडेका छन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँगको लामो समयको विवादपछि महामन्त्री राणाले पार्टी छाडेका छन्। उनले आज एक विज्ञप्ति जारी गर्दै अब विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने भनेका छन्।

राणासँगै उनी समर्थक राप्रपाका नेता तथा कार्यकर्ताहरुले पार्टी छाडेर नयाँ अभियानमा लाग्ने राप्रपाका नेताहरुले बताएका छन् ।

राणाले आजै आफू समर्थक केन्द्रीय सदस्यहरुसँग छलफल गरेका थिए । छलफलपछि उनले अपिल जारी गरेका हुन् । उनले जारी गरेको अपिलमा नयाँ अभियानमा सहभागी हुन आग्रह गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाए

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाए

दोषीलाई मृत्युदण्ड दिनुअघि राज्यविरुद्ध षड्यन्त्र र युद्ध भड्काउने लगायतका थुप्रै अपराधका लागि दोषी ठहर गरिएको भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए)ले  जनाएको छ ।
प्रतिनिधिसभामा ‘राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी  समितिको प्रतिवेदन, २०८३’ पेस

प्रतिनिधिसभामा ‘राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी  समितिको प्रतिवेदन, २०८३’ पेस

उनले विधेयकमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई देशप्रेम, जनसेवा र राष्ट्रिय एकताको भावना प्रवर्द्धन गर्न सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे ।
परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक याहियाको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक याहियाको शिष्टाचार भेटवार्ता

संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक याहियाले बिहीबार परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।
ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर खण्ड अवरुद्ध हुँदा उद्योगीले वैकल्पिक मार्गबाट ग्यास काठमाडौँमा ल्याएर बिक्री गरेका थिए । उपत्यकाबाहिरका उद्योगमा ग्यास भरेर ल्याउनु परेको भन्दै उद्योगीले प्रतिसिलिण्डर...

भर्खरै